प्रदेश नामकरणको एक वर्ष पूरा : नाम फेरिने सम्भावना भने झिनो

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १७ फाल्गुण, २०८०
३ वर्षअघि

विराटनगर । प्रदेशको नाम कोशी भनेर प्रदेशसभाबाट पारित भएको आज एक वर्ष पुगेको छ ।

तत्कालीन प्रदेश नम्बर १ लाई गत वर्षको फागुन १७ गते प्रदेशसभा बैठकले ‘कोशी’ नाम दिएको थियो ।

Advertisement

प्रदेशको नाम कोशी राखिएपछि पहिचानका आधारमा नाम चाहिन्छ भन्दै आन्दोलनरत पक्षले अझै आफ्नो अडान छोडेका छैनन् ।

आन्दोलनरत पक्षसँग वार्ता गर्न सरकारले विभिन्न समयमा समिति बनाएको भए पनि वार्ता अझै निष्कर्षमा पुग्न सकेको छैन ।

ऐतिहासिक पृष्ठभूमिका आधारमा प्रदेशको नामकरण गर्नुपर्ने माग गर्दै आन्दोलन थालेका पक्षधरसँग वार्ता गर्न तत्कानलीन मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले वार्ता समिति बनाएको थियो ।

दुई पटकसम्म वार्ता भए पनि निष्कर्षमा पुग्न सकेन । कोशीमा राजनीतिक उतार–चढावका कारण सरकार बनाउने र ढाल्ने खेलमा प्रदेशसभा चलिरह्यो ।

वर्तमान केदार कार्की नेतृत्वको सरकारले गत माघ ६ गते बनाएको वार्ता समितिले वार्ता गरिरहेको भए पनि वार्ता निष्कर्षमा पुग्ने छाँटकाट छैन ।

प्रमुख प्रतीपक्षी दल नेकपा एमालेका कोशी प्रदेशसभा सदस्य जयप्रकाश चौधरीले नाम परिवर्तन गर्न सहयोग गर्न नसकिने बताएका छन् ।

अहिलेको सरकारसँग सरकार बनाउन पुग्ने बहुमतमात्रै कायम छ । आन्दोलनरत पक्षका माग सम्बोदन गर्नका लागि नाम नै परिवर्तन गर्नुपर्ने हुन्छ ।

यसका लागि प्रदेशसभाको सबैभन्दा ठुलो दल नेकपा एमालेले साथ दिनुपर्छ । नाम परिवर्तनका लागि दुईतिहाई बहुमत चाहिन्छ ।

एमाले नेतृत्वको सरकार हुँदा नाम राखेपछि पहिचान पक्षधरहरू एमालेसँग रुष्ट छन् । उनीहरूको आन्दोलनसमेत एमालेलक्षित देखिएको थियो ।

पछिल्लो समय भने आन्दोलन मथर हुँदै गइरहेको छ । तथापि, नामकरण भएको एक वर्ष पुगेको दिनलाई पहिचानवादीहरूले ‘अँध्यारो दिन’ भन्दै विरोध गरेका छन् ।

यता, प्रदेश सरकार भने वार्ता निष्कर्षमा पुर्‍याउने बताउँदै आएको छ ।

प्रदेश सरकार र पहिचान पक्षधरले संविधानसम्मत ढंगले प्रदेशको पुनः नामकरणका लागि राजनीतिक वातावरण बनाउन संयुक्त रूपमा पहल गर्ने भन्दै वार्ता भइरहेको छ ।

कोशी प्रदेश सरकारले संघर्षरत पहिचान पक्षधर समूहसँग वार्ता गर्न भौतिक पूर्वाधार विकासमन्त्री जबेगू संयोजक तथा पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती सदस्य र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल सदस्य सचिव रहनेगरी वार्ता समिति बनाएको थियो ।

सत्तारूढ दल नेपाली कांग्रेसको प्रतिनिधित्व नभएको भन्दै उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीलाई पनि समितिमा अटाइएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा

शनिवार १ कार्तिक, २०८३
२ घण्टाअघि

गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?

शनिवार १ कार्तिक, २०८३
६ घण्टाअघि

रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै

शनिवार १ कार्तिक, २०८३
७ घण्टाअघि

मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा

शुक्रबार ३० असोज, २०८३
१ दिनअघि

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

शुक्रबार ३० असोज, २०८३
१ दिनअघि

कांग्रेसले आफ्नै खर्चमा खुलामञ्च मर्मत गर्ने, ४५ दिनको समयसीमा

शुक्रबार ३० असोज, २०८३
१ दिनअघि
दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा
शनिवार १ कार्तिक, २०८३
अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो
शनिवार १ कार्तिक, २०८३
गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?
शनिवार १ कार्तिक, २०८३
दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका
शनिवार १ कार्तिक, २०८३
रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै
शनिवार १ कार्तिक, २०८३
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन
शनिवार १ कार्तिक, २०८३
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०