डा. शेखरको प्रश्न : लघुवित्त नभएको भए ६० लाख मानिस के गर्थे होला ?

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २३ माघ, २०८०
३ वर्षअघि

विराटनगर । नेपाली कांग्रेस नेता डाक्टर शेखर कोइरालाले लघुवित्त वित्तीय संस्थाको सेवालाई अझ प्रभावकारी बनाउन आग्रह गरेका छन् ।

आठवटा वित्तीय संस्थाले विराटनगरमा आयोजना गरेको ‘प्रादेशिक सदस्य सम्मेलनको प्रतिवेदन सार्वजनिक तथा लघुवित्तको समसामयिक विषयक छलफल कार्यक्रम’ मा बोल्दै उनले यस्तो बताएका हुन् ।

६० लाख महिलासँग जोडिएको लघुवित्तको सेवालाई अझ प्रभावकारी बनाउनुपर्ने बताउँदै कोइरालाले भने, ‘कल्पना गरौं, आज लघुवित्त नभएको भए ती ६० लाख मानिस के गर्थे, कसरी बस्थे ? लघुवित्त यो देशमा चाहिन्छ, भन्ने मान्यता राखेर अगाडि बढ्नुपर्छ ।’

बैंकमा पहुँच नपुगेका गरिब तथा विपन्नको पहुँच लघुवित्तमा रहेको बताउँदै उनले कमी–कमजोरी भए सुधार गरेर अघि बढ्नुपर्ने बताए । ‘गरिबभन्दा गरिब व्यक्तिले यसमा पहुँच पाउँछन्,’ उनले भने, ‘त्यसलाई अझ बढी प्रभावकारी बनाउनुपर्छ ।’

उनले उद्यमशीलता विकासका लागि लघुवित्तले बिना धितो प्रवाह गर्ने ऋणलाई बढाउनुपर्ने बताए ।

‘धितो नलिएर पनि ऋण लगानी गरिरहनु भएको रहेछ, त्यसको मेकानिजम तपाईँहरूले नै बनाएर गर्ने हो,’ उनले भने,‘ ऋणसँगै सिप लघुवित्तले पनि दिनुभएको रहेछ, सिपलाई आजको दिनमा कस्तो चाहिन्छ त्यो कुरालाई ध्यान दिनुहोला ।’

उनले उद्यमशीलता विकाससँगै बजारको व्यवस्थापनमा पनि सहजीकरण गरिदिन आग्रह गरे ।

कार्यक्रममा मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले विपन्न नागरिकको घरसम्म पुगेर काम गरिरहेको लघुवित्तलाई एउटा समूहले गलत सावित गर्न खोजिरहेको बताए ।

लघुवित्तले उद्यमशीलताको विकाससँगै प्रशस्त रोजगारीको अवसर पनि सिर्जना गरिरहेको बताउँदै उनले लघुवित्तको संरक्षण गर्नुपर्ने बताए ।

उनले भने,‘ मैले तीन जनालाई पाँच हजारका दरले परेवा पाल्नका लागि पैसा दिए, लघुवित्तबाटै सिकेर त्यसो गरेको हुँ ।’

सानोसानो पुँजीले उद्यमशीलता विकास हुने उनको भनाइ छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको बजेट अहिले प्रभावकारी नभएको बताउँदै उनले लघुवित्त मार्फत गाउँसम्म पु¥याउन सके प्रभावकारी हुने बताए ।

कोशी प्रदेश सांसद गयानन्द मण्डलले लघुवित्तलाई प्रभावकारी बनाउन राष्ट्र बैंकले लघुवित्त संस्थालाई कम व्याजदरमा ऋण दिएर ग्राहक सदस्यलाई कम व्याजमा लगानी गर्ने बनाउनु पर्ने बताए ।

लघुवित्त संस्थाले कृषि क्षत्रमा लगानीमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा प्रदेश सांसद ललिताकुमारी चौधरीले लघुवित्तले ग्रामीण क्षेत्रमा महिला सशक्तीकरणसँगै स्वरोजगार पनि बनाएको बताइन् ।

लघुवित्तको सेवालाई प्रभावकारी बनाउन स्थानीय सरकारसँग समन्वय गरेर काम गर्नुपर्ने उनको भनाइ छ ।

धनपालनाथ गाउँपालिका अध्यक्ष जीवछ गच्छदारले लघुवित्तका बारेमा देखाइएको नकारात्मक भ्रम चिर्न आवश्यक रहेको बताए ।

लघुवित्तले गाउँघरका महिलालाई स्वरोजगारसँगै साक्षर बनाएको बताउँदै उनले लघुवित्तको सेवालाई अझ प्रभावकारी रुपमा लैजानुपर्ने बताए ।

ग्रामथान गाउँपालिका उपाध्यक्ष गुणवती धामीले आफ्नो परिवारको प्रगति पनि लघुवित्तकै कारण भएको बताइन् ।

१४ वर्षयता लघुवित्तमा आवद्ध भएको बताउँदै उनले लघुवित्तकै कारण आफ्ना सन्तानलाई पढाएर घरघडेरी पनि जोड्न सकेको बताइन् ।

एक व्यक्तिले धेरै लघुवित्तमा कारोबार गरेका कारण समस्या भएको बताउँदै उनले ऋण मिनाहाको हल्लाको पछि नलाग्न आग्रह गरिन् ।

अर्थशास्त्री डाक्टर भेषप्रसाद धमलाले लघुवित्तले ग्रामीण क्षेत्रमा वित्तीय सेवासँगै महिला सशक्तीकरण पनि गरेको बताए ।

लघुवित्तले प्रवाह गरेको सानो सानो ऋणको सदुपयोग गर्नेहरूले आर्थिक प्रगति गरेको उनले बताए ।

कार्यक्रमको अध्यक्षसमेत रहेका जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले बजारमा फैलिएको ऋण मिनाहाको हल्लाले लघुवित्त संस्थाहरू प्रभावित भएको बताए ।

राज्यले ऋण मिनाहाको हल्लालाई चिर्न ठोस कदम चाल्नुपर्ने बताए ।

‘सरकार अहिले ऋण मिनाहा गर्न सक्ने अवस्थामा छैन सबैलाई थाहा छ,’ उनले भने,‘ सरकारले गठन गरेको वार्ता समितिको निष्कर्ष पनि सार्वजनिक गरिदिनुपर्छ ।

लघुवित्त नहुँदा गरिब नागरिकलाई काम गर्न गाह्रो हुने बताए ।

‘ऋण भनेको जनताको पैसा हो, जनताको पैसा नतिर्न भन्नु वित्तीय अपराध हो, उनले भने ऋण नतिर्न उकास्ने जो कोहीलाई कानुनको दायरामा ल्याउनु पर्छ ।

लघुवित्तमा काम गर्ने कर्मचारी विपन्न वर्गबाटै आएको बताउँदै उनले कर्मचारीको मोरल डाउन हुन नदिन सबै पक्षले भुमिका निभाउनु पर्ने बताए ।

लघुवित्तले सामाजिक उत्तरदायित्वसहित पारदर्शी रूपमा काम गरिरहेका उनले बताए । कार्यक्रममा लघुवित्तबाट ऋण लिएका उद्यमीहरूले आफ्नो सफलताको कथा सुनाएका थिए ।

प्रकाशित समय: मङ्गलबार २३ माघ, २०८०, २०:३४:०३

सम्बन्धित खबर

सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो

आईतबार २४ साउन, २०८३
२ हप्ताअघि

प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल

शुक्रबार ८ साउन, २०८३
१ महिनाअघि

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ

बुधबार ६ साउन, २०८३
१ महिनाअघि

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार

मङ्गलबार ५ साउन, २०८३
१ महिनाअघि

कर तिर्नेलाई सरकारको उपहार : १०–१० लाख रुपैयाँ जित्ने अवसर

मङ्गलबार ५ साउन, २०८३
१ महिनाअघि

प्रधानमन्त्री बालेनले आज पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै

सोमबार ४ साउन, २०८३
१ महिनाअघि
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०