लघुकथा : खुसी

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २७ माघ, २०८०
३ वर्षअघि

आँखाभरि आँशु पार्दै हेरिन् । अझ उस्तै लाग्छ । मेरो काखमा लुट्पुटिए जस्तो । उस्तै बाल सुलभ । उहीँ तोते बोली । अझ भनिरहे झैं लाग्छ, ‘आमा मेलाबाट मलाई पनि खाजा ल्याइदिनु है ।’

उसका बाबा भिरबाट खसेर मरेदेखि मलाई अति दु:ख भयो ।

Advertisement

एउटा छोरो । मेलापात, इष्टमित्र, निम्तो । कताकता भ्याउनु मैले । अझ उसलाई स्कुल पनि पुर्‍याउनु पर्थ्यो ।

कहिले त लाग्थ्यो नदीमा हामफालेर मरौंजस्तो । उसलाई हेर्थे । चित्त बुझाउँथें, ‘मेरो त आधार छ नि !’

‘आमा स्कुलको फी लाने रे । अनि स्कुलको ड्रेस पनि लगाउने रे । नत्र भोलिबाट कक्षामा बस्न न दिने रे !’ झसंग भएँ ।

अब कसरी यो समस्या समाधान गरौं । गाउँतिर सापट मागें कही पाइएन ।

दुःखीलाई दिने कसले ? कानमा मुन्द्री थिए बेचें । पढ्न तेज थियो । इन्जिनियर भयो । जागिर न खाइन्जेल निकै माया गर्थ्यो ।

एक बित्ता छोड्दैनथ्यो । ‘बाबु तिमी घर बस न । म पल्लो घर गएर आउछु ।’

‘नाइ आमा म पनि जान्छु ।’

जागिर खायो । सोचे मेरा दु:खका दिन सकिए । आफूसरहको जागिर खाएको केटी विवाह गर्‍यो ।

बुहारी पनि नयाँ नौली भएर होला अति माया गर्थिन्, अनि भन्थिन्, ‘आमा हजुर त मेरी माइतको आमा जस्तै लाग्छ ।’

खुसीसँग दिन बितेका थिए । एकदिन घरको आँगनमा गाडी आयो ।

‘आमा चाँडै गर्नुहोस्, अब वृद्धाश्रम गएर बस्ने हो !’ आमाले आँखा मिचिन् । यो भ्रम होइन । फेरि हेरिन् । आफ्नो सामान गाडीमा राखिरहेका रहेछन् ।

आमाले एकपटक रुँदै भनिन्, ‘बाबु म वृद्धाश्रम जान्नँ !’

‘आमा तपाईंले म सानो हुँदा भन्नु भएको थियो नि बाबु म तिम्रो खुशीको लागि जे गर्न पनि तयार छु भनेर’, छोराले जबाफ फर्कायो ।

-तुलसी पण्डित, भरतपुर

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
ट्रम्पले केटी जकारियालाई बनाए ह्वाइट हाउसको नयाँ प्रेस सचिव
सोमबार २६ असोज, २०८३
चार प्रस्तावित राजदूतको नियुक्तिअघि संसदीय समितिमा सुनुवाइ हुँदै
सोमबार २६ असोज, २०८३
कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढीपछि ओलीको आग्रह– ‘सरकार फराकिलो मनका साथ उद्धारमा जुटोस्’
आईतबार २५ असोज, २०८३
कांग्रेस महामन्त्रीमा सुनील शर्माको मत बढ्दै, दोस्रो स्थानका राणासँग नजिक
आईतबार २५ असोज, २०८३
क्यानडाविरुद्ध रोहित पौडेलको शतक
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढीपछि झलनाथ खनालको आग्रह : उद्धार र जीवनरक्षामा जुट्न निर्देशन
आईतबार २५ असोज, २०८३
रिहा भएपछि ध्रुव राठीको आरोप– ‘पुलिसले मलाई किडन्याप नै गरेको हो’
आईतबार २५ असोज, २०८३
बुढीगण्डकी बाढीले दुई पुलमा ठूलो क्षति, सडक विभागद्वारा प्राविधिक अध्ययन सुरु
आईतबार २५ असोज, २०८३
दिल्ली प्रदर्शनमा सामूहिक पक्राउविरुद्ध सर्वोच्चमा आकस्मिक सुनुवाइ
आईतबार २५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०