चिसोले मजदुरलाई ‘पेटपालो’मा समस्या

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ४ माघ, २०८०
३ वर्षअघि

विराटनगर । मोरङ विराटनगर महानगरपालिका–१९ ऋषिदेव टोलका चन्द्र ऋषिदेव चिसोका कारण जनमजदुरी गर्न जान सकेका छैनन् ।

बाक्लो शीतलहरले गर्दा काममा जान नसक्दा उनलाई आफ्नो परिवारको साँझ–बिहानको गर्जो टार्न हम्मे–हम्मे भइरहेको छ ।

‘जसोतसो अ‍ैंचो–पैंचोले म र मेरोको परिवारको पेटपालो त भइरहेको छ तर, यसरी धेरै दिन टिक्नेवाला छैन,’ उनी भन्छन्, ‘जाडोले म काममा जान पाएको छैन, छोरा–छोरी स्कुल जान सकेका छैनन् ।’

चिसोले ज्यालादारी काम गर्ने बढी मारमा परेका छन् ।

चिसोले गर्दा काममा जान नपाउँदा परिवारको साँझ–बिहानको गर्जो टार्न सकस भएको जनमजदुरी गर्दै आएकाहरूको गुनासो छ ।

‘चिसोले गर्दा साइकल कुदाएर काममा जान सकिँदैन, हिँडेर जान सम्भव छैन,’ सोही स्थानका मनोज ऋषिदेव भन्छन्, ‘यस्तो बेलामा हामीहरूलाई स्थानीय सरकारले सहयोग गरिदिए त हुने हो !’

ऋषिदेव टोलमा मात्र होइन चिसो ह्वात्तै बढेपछि मोरङका रंगेली, सुनवर्षी, रतुवामाई, पथरीशनिश्चरे, उर्लाबारी, बेलबारी, सुन्दरहरैंचालगायत क्षेत्रमा जनजीवन प्रभावित बनेको छ ।

बाक्लो हुस्सुसँगै बढेको चिसोले गर्दा बजार तथा सहरी क्षेत्रमा चहलपहल घटेको छ भने स्थानीयलाई घरबाहिर निस्किन पनि सकस परिरहेको छ ।

उनीहरू आगोको सहायतामा शरीरलाई न्यानोपन दिइरहेका छन् ।

जनमजदुरी गर्नेबाहेक, विद्यार्थी, बालबालिका, गरिब असहाय र ज्येष्ठ नागरिक चिसोबाट बढी प्रभावित छन् ।

विद्यार्थी चिसोकै कारण विद्यालय जानबाट बञ्चित भएका छन् भने कतिपय विद्यालयले जाडोका कारण बिदा नै दिएका छन् ।

विराटनगरआसपासका क्षेत्रमा अहिले बिहान–बेलुका र रातको समयमा चिसो छ ।

दिउँसो भने पारिलो घाम लाग्ने गरेको छ । बिहान बाक्लो हुस्सु लागेर कठ्यांग्रिँदो चिसो हुन थालेपछि सर्वसाधारणको जनजीवन प्रभावित बन्न थालेको हो ।

चिसोकै कारण रुघाखोकी, दम, निमोनिया, ज्वरो, कोल्ड डायरियालगायतका बिरामीको संख्यामा पनि वृद्धि भएको छ ।

स्वास्थ्यकर्मीले चिसोबाट जोगिन सजकता अपनाउन सुझाव दिएका छन् ।

चिसोबाट विशेषगरी बालबालिकाको स्वास्थ्यमा समस्या आइरहेका कारण आफ्ना बालबालिकालाई जोगाउन बाल तथा बाल क्यान्सर रोग विशेषज्ञ डा. सुभास मेहताको सुझाव छ ।

‘मौसम परिवर्तन हुने समयमा बालबालिका र ज्येष्ठ नागरिक स्वास्थ्य समस्याको उच्च जोखिममा रहन्छन्,’ उनी भन्छन्, ‘वृद्ध–वृद्धाले घरभित्रै बसेर जाडो छल्ने भए पनि बालबालिका खेल्न वा विद्यालय जान बाहिर निस्कन्छन् । यसैले पनि अभिभावकले जाडोमा बालबालिकाको विशेष हेरचाह गर्न जरुरी छ ।’

आफ्ना स्वास्थ्य समस्या खुलेर भन्न नसक्ने भएकाले पनि चिसो मौसममा अरूको तुलनामा बालबालिका उच्च जोखिममा रहन्छन् ।

चिसो मौसमलाई लापरबाही गर्दा बालबालिकामा रुघाखोकी, दम, निमोनियाँजस्ता रोग लाग्ने गरेका छन् ।

बालबालिकालाई चिसो हुनबाट जोगाउन विशेषगरी हात–खुट्टा र टाउकोलाई राम्रोसँग छोप्नुपर्ने डा. मेहताको सुझाव छ ।

यी भाग नांगो छोड्नाले अधिक चिसो हुन गई बालबालिका बिरामी पर्छन् भने उनीहरूले लगउने भित्री कपडाहरू पसिनाले भिजेर लामो समयसम्म शरीरमै रहँदा पनि चिसो गढेर विभिन्न स्वास्थ्य समस्या देखा पर्ने उनको भनाइ छ ।

प्रकाशित समय: बिहिबार ४ माघ, २०८०, १०:०१:०१

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
२२ घण्टाअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
२ दिनअघि

विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी

बिहिबार २५ भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
२ हप्ताअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
२ हप्ताअघि

विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग

बिहिबार १८ भदौ, २०८३
३ हप्ताअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०