कोसीमा कांग्रेसबाट राष्ट्रियसभाको उम्मेदवार सिटौला

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २३ पुस, २०८०
३ वर्षअघि

विराटनगर । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंगो लगाएको छ ।

नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आइतबार सर्वसम्मत उम्मेदवार तय भएकाे हो ।

पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय बोर्डको बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।

कांग्रेसले कोसी प्रदेशबाट कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सिटौला सभापति शेरबहादुर देउवाद्वारा हस्ताक्षर गरिएको टिकट लिएर काठमाडौंबाट हिँडिसकेका छन् ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री रहेका सिटौला गत प्रतिनिधिसभा निर्वाचनमा झापा ३ बाट पराजित भएका थिए ।

सत्तारूढ गठबन्धनका उम्मेदवार उनलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एमालेको सहयोग लिएर पराजित गरेका थिए ।

सिटौला त्यसअघि २०७४ को निर्वाचनमा पनि लिङ्देनसँग नै पराजित भएका थिए ।

यसअघि राष्ट्रपतिको पनि आकांक्षी रहेका सिटौलाले राष्ट्रपति रामचन्द्र पौडेल भएपछि राष्ट्रियसभामा जान लागेका हुन् ।

चुनाब हारेकालाई लैजान नहुने मत कांग्रेसभित्र भए पनि कांग्रेसको गत महाधिवेशनदेखि सभापति देउवालाई सहयोग गर्दै आएका सिटौलालाई कसैले रोक्न सकेन ।

नेपालको शान्ति प्रक्रियामा महत्त्वपूर्ण योगदान गरेका सिटौला पूर्वगृहमन्त्री पनि हुन् ।

उनले २०७२ को संविधान निर्माणमा पनि नेतृत्वदायी भूमिका खेलेका थिए ।

सत्तारूढ गठबन्धनको भागबण्डाअनुसार कोसीमा अन्यतर्फ कांग्रेसले र महिलातर्फ माओवादीले उम्मेदवार उठाउने तय भएको थियो ।

माओवादीले महिलामा ओखलढुंगाकी चम्पादेवि कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

कोसीमा कुन दलको मतभार कति ?

कोसी प्रदेशमा राष्ट्रियसभाका लागि स्थानीय तहका दुई सय ७४ र प्रदेशका ९३ सांसद गरी जम्मा तीन सय ६७ मतदाता छन् ।

प्रदेशमा प्रदेशसभाका ९३ सांसदमा एमालेका ४०, काङ्ग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाको ६, एकीकृत समाजवादीको चार र जसपाको एक जना छन् ।

निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ हुन्छ ।

जसअनुसार सांसदहरूतर्फ एमालेको दुई हजार एक सय २०, काङ्ग्रेसको एक हजार पाँच सय ३७, माओवादीको ६ सय ८९, राप्रपाको तीन सय १८, एकीकृत समाजवादीको दुई सय १२ र जसपाको ५३ मतभार छ ।

गठबन्धन कायम रहँदा गठबन्धनको पक्षमा पाँच हजार चार सय ८३ मतभार हुनेछ ।

जुन एमालेको भन्दा एक हजार दुई सय ६४ ले बढी हो ।

यस्तै, स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ हुन्छ ।

स्थानीय तहका प्रमुख र उपप्रमुखमा प्रदेशमा रहेका एक सय ३७ पालिकाका दुई ७४ मध्ये एमालेका एक सय १०, काङ्ग्रेसका एक सय १५, माओवादीका ३१, राप्रपाका चार, एकीकृत समाजवादीका सात, जसपाका चार र स्वतन्त्र तीन जना छन् ।

पालिकामा एमालेको दुई हजार ९०, काङ्ग्रेसको दुई हजार एक सय ८५, माओवादीको पाँच सय ८९, राप्रपाको ७६, एकीकृत समाजवादीको एक सय ३३, जसपाको ७६ र स्वतन्त्रको ५७ मतभार छ ।

प्रकाशित समय: सोमबार २३ पुस, २०८०, ०७:२९:००

सम्बन्धित खबर

तराई तनावबारे  मधेश र कोशीका सांसदलाई रवि लामिछानेले बैठकमा बोलाए

बिहिबार १४ साउन, २०८३
२ दिनअघि

तराईको तनाव झनझन बढ्न थालेपछि प्रधानमन्त्री–गृहमन्त्रीबीच आकस्मिक छलफल

बिहिबार १४ साउन, २०८३
२ दिनअघि

संसदमा पद्मा अर्यालको प्रश्न : सुनसरीमा मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने?

बिहिबार १४ साउन, २०८३
२ दिनअघि

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षीको संसद् अवरोध जारी

बिहिबार १४ साउन, २०८३
२ दिनअघि

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

बुधबार १३ साउन, २०८३
३ दिनअघि

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबिच भेटवार्ता

बुधबार १३ साउन, २०८३
३ दिनअघि
गणेश यादवको परिवारलाई औरही गाउँपालिकाले १० लाख दिने
शुक्रबार १५ साउन, २०८३
भ्रामक सूचना नफैलाउन प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
धनुषामा मृत भेटिएका पुरुषको घटनालाई धार्मिक विवादसँग नजोड्न प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु
शुक्रबार १५ साउन, २०८३
देवानगञ्ज घटनापछि विराटनगरमा आज बृहत् सद्भाव र्‍याली, शान्ति र एकताका लागि सर्वपक्षीय आह्वान
शुक्रबार १५ साउन, २०८३
तराई तनावबारे  मधेश र कोशीका सांसदलाई रवि लामिछानेले बैठकमा बोलाए
बिहिबार १४ साउन, २०८३
तराईको तनाव झनझन बढ्न थालेपछि प्रधानमन्त्री–गृहमन्त्रीबीच आकस्मिक छलफल
बिहिबार १४ साउन, २०८३
पूर्वराजा ज्ञानेन्द्रको सद्भाव सन्देश : सामाजिक सद्भाव र राष्ट्रिय एकताको आह्वान
बिहिबार १४ साउन, २०८३
मोरङ प्रशासनद्वारा धार्मिक स्थलमा चर्को आवाजमा साउण्ड सिस्टम प्रयोग गर्न रोक
बिहिबार १४ साउन, २०८३
देवानगञ्ज घटनापछि सुनसरीमा संयुक्त बैठक आह्वान
बिहिबार १४ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०