राष्ट्रियसभा निर्वाचन : कोसीमा दुई सिटका लागि सयौं आकाङ्क्षी

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १४ पुस, २०८०
३ वर्षअघि

विराटनगर । राष्ट्रियसभा निर्वाचनको उम्मेदवार बन्न कोशी प्रदेशमा सयौं आकाङ्क्षी देखिएका छन् ।

राष्ट्रियसभाका लागि कोशी प्रदेशमा दुई सिटमा मात्र प्रतिस्पर्धा हुने भए पनि १०० भन्दा धेरै आकाङ्क्षी देखिएका हुन् ।

नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलादेखि लिएर काङ्ग्रेसकै सुजाता कोइरालासम्म उम्मेदवार बन्ने दाउमा छन् ।

राष्ट्रियसभाको निर्वाचन आगामी माघ ११ गते हुने तय भएको छ । निर्वाचनको लागि पुस २३ गते उम्मेदवार मनोनयनको मिति तोकिएको छ ।

राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा दुई सिटका लागि प्रतिस्पर्धा हुँदै छ ।

खुलातर्फका काङ्ग्रेसका रमेशजङ्ग रायमाझी र महिलातर्फ नेकपा माओवादी केन्द्रकी बिना पोखरेलको पदावधि सकिने भएकोले निर्वाचन हुन लागेको हो ।

कोसीमा सत्तारूढ गठबन्धनआबद्ध दलकै सिट खाली हुन आँटेको छ ।

यसअघि नै घोषणा गरेअनुरूप गठबन्धन दलले साझा उम्मेदवारका रूपमा काङ्ग्रेस र माओवादीले एक–एक पद लिने तयारी गरेका छन् ।

त्यसबाहेक, नेकपा एमालेको सिट बाँडफाँट गर्नेगरी पनि गठबन्धन दलबीच सहमति भएको छ ।

यद्यपि, एउटा प्रदेशको सिट अर्को प्रदेशमा साटफेर हुने सम्भावना पनि उत्तिकै छ ।

गठबन्धनको बाँडफाँटमा एक सिट पाउने काङ्ग्रेसले उम्मेदवार बन्ने प्रदेशका ६३ जना आकाङ्क्षीको नाम सिफारिस गरेको छ भने माओवादी केन्द्रले पनि करिब एक दर्जन जनाको नाम केन्द्रमा पठाएको छ ।

पार्टीको प्रदेश कमिटीले केन्द्रले पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमन्त्रीहरू सुजाता कोइराला, महेश आचार्य र मीनेन्द्र रिजालसहितको नाम सिफारिस गरेर केन्द्रमा पठाएको छ ।

यता, माओवादी केन्द्रले भने सिट बाँडफाँट हुँदा महिला कोटा आफ्नो भागमा पर्ने सम्भावना देखेर महिलालाई प्राथमिकतामा राखेको छ ।

उसले अजम्बर काङमाङ राई, टङ्क गिरी, भोगेन्द्र यादव, चम्पा कार्की, समिता कार्की, लक्ष्मी न्यौपाने, लता न्यौपाने, ममता राजवंशी, कृष्णकुमारी राईलगायतको नाम सिफारिस गरेको छ ।

एमालेले भने उम्मेदवारको नाम सिफारिस गर्ने विषयमा छलफलको थालनी गरेको छैन ।

काङ्ग्रेसबाट सिटौलालाई प्राथमिकता

काङ्ग्रेसले पूर्वप्रधानमन्त्रीसमेत रहेका कृष्णप्रसाद सिटौलालाई पहिलो प्राथमिकतामा राखेर उनको नाम सिफारिस गरेको छ ।

प्रदेश कमिटीले पहिलो प्राथमिकतामा राखेर सिफारिस गरेका सिटौला पछिल्लो समयमा काङ्ग्रेस सभापति शेरबहादुर देउवासँग एउटै सिटमा रहेको कारण पनि उम्मेदवार हुने करिब–करिब निश्चितजस्तै छ ।

संविधान निर्माण, शान्ति प्रक्रियामा नेतृत्त्वदायी भूमिका खेलेका सिटौलाको पक्षमा कोशी प्रदेश समिति उभिएको छ ।

काङ्ग्रेस कोशी प्रदेश सभापति तथा पूर्वमुख्यमन्त्री उद्धव थापाले केन्द्रीय सभापति देउवालाई आकाङ्क्षीको नामको सूची पठाएका थिए, जसमा खसआर्य पुरुषतर्फ सिटौला र महिलातर्फ सुजाता कोइरालाको नाम पहिलो नम्बरमा छ ।

त्यससँगै उनले ३८ पुरुष र २५ महिला गरी जम्मा ६३ जनाको नाम सिफारिस गरेर पठाएका छन् ।

सिटौला गत वर्ष सम्पन्न संसदीय निर्वाचनमा झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए ।

सत्ता गठबन्धनको साझा उम्मेदवार हुँदा चुनाव जित्ने भएकाले सिटौला राष्ट्रियसभामा जाने दौडमा छन् ।

कोइराला भने मोरङ २ मा नेकपा एमालेका ऋषिकेश पोखरेलसँग पराजित बनेकी थिइन् ।

कुन दलको मतभार कति ?

कोसी प्रदेशमा राष्ट्रियसभाका लागि स्थानीय तहका दुई सय ७४ र प्रदेशका ९३ सांसद गरी जम्मा तीन सय ६७ मतदाता छन् ।

प्रदेशमा प्रदेशसभाका ९३ सांसदमा एमालेका ४०, काङ्ग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाको ६, एकीकृत समाजवादीको चार र जसपाको एक जना छन् ।

निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ हुन्छ ।

जसअनुसार सांसदहरूतर्फ एमालेको दुई हजार एक सय २०, काङ्ग्रेसको एक हजार पाँच सय ३७, माओवादीको ६ सय ८९, राप्रपाको तीन सय १८, एकीकृत समाजवादीको दुई सय १२ र जसपाको ५३ मतभार छ ।

गठबन्धन कायम रहँदा गठबन्धनको पक्षमा पाँच हजार चार सय ८३ मतभार हुनेछ ।

जुन एमालेको भन्दा एक हजार दुई सय ६४ ले बढी हो ।

यस्तै, स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ हुन्छ ।

स्थानीय तहका प्रमुख र उपप्रमुखमा प्रदेशमा रहेका एक सय ३७ पालिकाका दुई ७४ मध्ये एमालेका एक सय १०, काङ्ग्रेसका एक सय १५, माओवादीका ३१, राप्रपाका चार, एकीकृत समाजवादीका सात, जसपाका चार र स्वतन्त्र तीन जना छन् ।

पालिकामा एमालेको दुई हजार ९०, काङ्ग्रेसको दुई हजार एक सय ८५, माओवादीको पाँच सय ८९, राप्रपाको ७६, एकीकृत समाजवादीको एक सय ३३, जसपाको ७६ र स्वतन्त्रको ५७ मतभार छ ।

प्रकाशित समय: शनिवार १४ पुस, २०८०, १३:०२:५६

सम्बन्धित खबर

तराई तनावबारे  मधेश र कोशीका सांसदलाई रवि लामिछानेले बैठकमा बोलाए

बिहिबार १४ साउन, २०८३
२ दिनअघि

तराईको तनाव झनझन बढ्न थालेपछि प्रधानमन्त्री–गृहमन्त्रीबीच आकस्मिक छलफल

बिहिबार १४ साउन, २०८३
२ दिनअघि

संसदमा पद्मा अर्यालको प्रश्न : सुनसरीमा मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने?

बिहिबार १४ साउन, २०८३
२ दिनअघि

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षीको संसद् अवरोध जारी

बिहिबार १४ साउन, २०८३
२ दिनअघि

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

बुधबार १३ साउन, २०८३
३ दिनअघि

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबिच भेटवार्ता

बुधबार १३ साउन, २०८३
३ दिनअघि
गणेश यादवको परिवारलाई औरही गाउँपालिकाले १० लाख दिने
शुक्रबार १५ साउन, २०८३
भ्रामक सूचना नफैलाउन प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
धनुषामा मृत भेटिएका पुरुषको घटनालाई धार्मिक विवादसँग नजोड्न प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु
शुक्रबार १५ साउन, २०८३
देवानगञ्ज घटनापछि विराटनगरमा आज बृहत् सद्भाव र्‍याली, शान्ति र एकताका लागि सर्वपक्षीय आह्वान
शुक्रबार १५ साउन, २०८३
तराई तनावबारे  मधेश र कोशीका सांसदलाई रवि लामिछानेले बैठकमा बोलाए
बिहिबार १४ साउन, २०८३
तराईको तनाव झनझन बढ्न थालेपछि प्रधानमन्त्री–गृहमन्त्रीबीच आकस्मिक छलफल
बिहिबार १४ साउन, २०८३
पूर्वराजा ज्ञानेन्द्रको सद्भाव सन्देश : सामाजिक सद्भाव र राष्ट्रिय एकताको आह्वान
बिहिबार १४ साउन, २०८३
मोरङ प्रशासनद्वारा धार्मिक स्थलमा चर्को आवाजमा साउण्ड सिस्टम प्रयोग गर्न रोक
बिहिबार १४ साउन, २०८३
देवानगञ्ज घटनापछि सुनसरीमा संयुक्त बैठक आह्वान
बिहिबार १४ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०