नदीजन्य पदार्थको दोहन रोक्न मन्त्री उप्रेतीको कडा निर्देशन

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ७ पुस, २०८०
३ वर्षअघि

बेलबारी । कोसी प्रदेशका पर्यटन वन तथा वातावरणमन्त्री गणेश उप्रेती ‘सुशील’ले नदीजन्य पदार्थ उत्खनन् रोक्न वनका कर्मचारी र वनरक्षकलाई कडा निर्देशन दिएका छन् ।

मोरङका विभिन्न सव डिभिजन वन कार्यालयका कर्मचारी र वनरक्षकलाई राखेर मन्त्री उप्रेतीले वनक्षेत्र र मानववस्ती आसपास नदीजन्य पदार्थ दोहन भइरहेको बताउँदै तत्काल अवैध रूपमा ढुङ्गा-गिटी उत्खनन् रोक्न निर्देशन दिएका हुन् ।

प्राकृतिक स्रोत-साधनको रक्षा गर्ने काम प्रदेश सरकारको एकल अधिकारभित्र पर्ने रहेको बताए ।

उनले प्रदेशको अधिकारभित्र रहेको प्राकृतिक स्रोत-साधन स्थानीय तह, निर्माण व्यवसायी वा चोरी सिकारीबाट हस्तक्षेप हुन नदिन कर्मचारीलाई निर्देशन दिए ।

वनपैदावारको चोरी, वन्यजन्तुको चोरी-शिकारी, अवैध रूपमा नदीजन्य पदार्थको दोहनलाई रोक्न नसकेमा कर्मचारीकै कार्यक्षमतामाथि प्रश्न खडा हुने उनको भनाइ छ ।

वन-जङ्गलभित्रका र वनलाई आधार बनाएर बग्ने नदी-खोलाले दिएका प्राकृतिक स्रोत-साधनमाथि प्रदेश सरकारको एकल अधिकार रहने बताउँदै उनले त्यसलाई कसरी राजश्वमा रूपान्तरण गर्ने भन्नेतर्फ लाग्न सुझाव दिए ।

स्थानीय तहका नाममा हुने प्राकृतिक स्रोत-साधनको दोहन पनि सैह्य नहुने बताउँदै मन्त्री उप्रेतीले प्राकृतिक स्रोत-साधनमाथि अरूलाई हस्तक्षेप गर्न नदिन निर्देशन दिए ।

साथै उनले प्राकृतिक स्रोत-साधनको दोहन गर्ने कार्यमा मिलेमतो गरेमा कर्मचारीमाथि नै छानबिन र कारबाही हुने बताए ।

यसैगरी, मन्त्री उप्रेतीले वन नियमावली बनाउने क्रममा रहेको पनि सुनाए ।

मन्त्री उप्रेतीले मोरङका १२ वटा सव डिभिजन वन कार्यालयका कर्मचारी र वनरक्षकहरूका गुनासा र समस्या सुनेर यथासक्य समाधानमा लाग्ने प्रतिबद्धता जनाएका थिए ।

अधिकांश वनका कर्मचारीले पछिल्लो समय हात्ती आतङ्क ठुलो चुनौतीका रूपमा रहेको गुनासो गरेका थिए ।

कार्यक्रममा बोल्दै मोरङका डिभिजनल वन अधिकृत विष्णुलाल घिमिरेले कर्मचारी र वनरक्षक वन संरक्षणका साथै वन्यजन्तु, प्राकृतिक स्रोत-साधनको रक्षामा अहोरात्र खटिरहेको सुनाए ।

प्रकाशित समय: शनिवार ७ पुस, २०८०, ०७:४५:५८

सम्बन्धित खबर

तराई तनावबारे  मधेश र कोशीका सांसदलाई रवि लामिछानेले बैठकमा बोलाए

बिहिबार १४ साउन, २०८३
२ दिनअघि

तराईको तनाव झनझन बढ्न थालेपछि प्रधानमन्त्री–गृहमन्त्रीबीच आकस्मिक छलफल

बिहिबार १४ साउन, २०८३
२ दिनअघि

संसदमा पद्मा अर्यालको प्रश्न : सुनसरीमा मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने?

बिहिबार १४ साउन, २०८३
२ दिनअघि

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षीको संसद् अवरोध जारी

बिहिबार १४ साउन, २०८३
२ दिनअघि

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

बुधबार १३ साउन, २०८३
३ दिनअघि

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबिच भेटवार्ता

बुधबार १३ साउन, २०८३
३ दिनअघि
गणेश यादवको परिवारलाई औरही गाउँपालिकाले १० लाख दिने
शुक्रबार १५ साउन, २०८३
भ्रामक सूचना नफैलाउन प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
धनुषामा मृत भेटिएका पुरुषको घटनालाई धार्मिक विवादसँग नजोड्न प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु
शुक्रबार १५ साउन, २०८३
देवानगञ्ज घटनापछि विराटनगरमा आज बृहत् सद्भाव र्‍याली, शान्ति र एकताका लागि सर्वपक्षीय आह्वान
शुक्रबार १५ साउन, २०८३
तराई तनावबारे  मधेश र कोशीका सांसदलाई रवि लामिछानेले बैठकमा बोलाए
बिहिबार १४ साउन, २०८३
तराईको तनाव झनझन बढ्न थालेपछि प्रधानमन्त्री–गृहमन्त्रीबीच आकस्मिक छलफल
बिहिबार १४ साउन, २०८३
पूर्वराजा ज्ञानेन्द्रको सद्भाव सन्देश : सामाजिक सद्भाव र राष्ट्रिय एकताको आह्वान
बिहिबार १४ साउन, २०८३
मोरङ प्रशासनद्वारा धार्मिक स्थलमा चर्को आवाजमा साउण्ड सिस्टम प्रयोग गर्न रोक
बिहिबार १४ साउन, २०८३
देवानगञ्ज घटनापछि सुनसरीमा संयुक्त बैठक आह्वान
बिहिबार १४ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०