कारागारमा ‘डराउने’ र अस्पतालमा ‘रमाउने’ डाक्टर !

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ३ पुस, २०८०
३ वर्षअघि

विराटनगर । कोसी अस्पतालको सिङ्गल क्याबिन २१२ । मोरङ कारागारबाट ड्युटीमा खटिएका एक जना प्रहरी जवान कुर्सीमा बसेका हुन्छन् । छेवैमा रहेको शय्यामा हुन्छन्, डाक्टर तपेश्वरलाल कर्ण । बेडबाट नजिकै रहेको टेबलमा औषधिका पोकाहरू छन्, फलफूल र जुस पनि छ । पङ्तिकार डा. कर्ण बसेको क्याबिन चिहाउँदा उनी झ्यालतिर एकोहोरो हेरेर टोलाइरहेका थिए ।

नवजात शिशु बेचेको आरोप लागेका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कर्ण अहिले पूर्पक्षका लागि कारागारमा रहनुपर्ने हो । तर, स्वास्थ्य समस्याको कारण देखाउँदै उनी विगत पाँच महिनादेखि कोसी अस्पतालको क्याबिनमा उपचाररत छन् । कर्णको उपचारमा खटिएका डाक्टरहरूले उनको स्वास्थ्य सामान्य रहेको भन्दै पटक-पटक डिस्चार्ज दिइसकेका छन् ।

‘उहाँको स्वास्थ्य ठीक छ, बिहान-बेलुका अस्पतालवरिपरि डुल्नुहुन्छ, रमाउनुहुन्छ,’ अस्पताल स्रोतले भन्यो, ‘दिउँसो भने बेडमै रहनुहुन्छ । प्रेसर-सुगर कन्ट्रोल भएको भन्दै यसअघि पनि चिकित्सकहरूले उहाँलाई डिस्चार्ज दिनुभएको थियो । तर, उहाँले स्वास्थ्य लाभ नभएको बहानामा क्याबिन ओगट्नुभएको छ । सिङ्गल क्याबिन चाहिने बिरामीहरूलाई त्यो काम आउन सक्थ्यो ।’

यता, अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर चन्द्रभाल झाले स्वास्थ्य समस्याका कारण मोरङ कारागारले कर्णको निजी खर्चमा नै उनलाई उपचार गरिरहेको बताए । उमेरका कारण सुगर-प्रेसर घटबढ भइरहेको भए पनि अहिले सामान्य रहेको सुनाए । ‘मेडिसिन वार्डका फिजिसियनले उहाँलाई हेरदेख गर्दै हुनुहुन्छ, ’ डा. झाले शब्द एक्सप्रेससँग भने, ‘पहिलाभन्दा धेरै सुधार त भएको छ । तर, उहाँले डाक्टहरूसँग राम्ररी कुरा गर्न नमानेका कारण पनि अझै उहाँ उपचाररत नै हुनुहुन्छ ।’

पहिले पनि सुगर-प्रेसर ‘मेन्टेन’ गरेर पठाएको बताउँदै डा. झाले घटबढ हुने समस्याले गर्दा नियमित अस्पताल धाउनुपर्ने कारण प्रहरीको निगरानीमा उनको उपचार भइरहेको बताए । उमेरका कारण मानसिक रूपमा पनि समस्या आउन सक्ने भएकाले कारागारले अस्पताल भर्ना गरेरै उपचार गराएको हुन सक्ने डा. झाको अनुमान छ । ‘बुढेसकालले पनि हुन सक्छ मेडिकल काउन्सिलको टोलीसँग पनि उहाँले बोल्न सक्नुभएन,’ उनले थपे ।

डा. कर्णको उपचार अहिले फिजिसियन डाक्टर दीपक सिग्देल र मनोज ठाकुरलगायतको चिकित्सकीय टोलीले गरिरहेको छ ।

मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जन दाहालका अनुसार डा. कर्णको हिरासतको समय पनि अस्पतालमै बितेको थियो । ‘घटना सतहमा आएपछि बयानका लागि हामीले उहाँलाई ल्याउने तयारी गरेका थियौं, त्यसबेला उहाँ दुइटा अपरेसन सकेर बस्नुभएको रहेछ,’ उनले भने, ‘प्रहरीलाई देख्नेबित्तिकै बिरामी भएर ढल्नुभएछ । अर्को दिन उहाँलाई बयानका लागि ल्याएका बेला पनि अस्पताल पुर्‍याउने-ल्याउने गर्यौं तर नियमित ल्याउनु-लैजानु पर्ने भएका कारण प्रहरीको निगरानीमा अस्पतालमै राखेका थियौं ।’

मोरङ प्रहरीले डा. कर्णसहित ६ जनाविरुद्ध मानव बेचविखन, सङ्गठित अपराध र मानव तस्कर गरी तीनवटा मुद्दा चलाएको थियो । ६ जनामध्ये तीन जना पूर्पक्षको लागि थुनामा गएका छन् भने तीन जना धरौटीमा रिहा भएका छन् । मोरङ अदालतले गत असोज २४ गते कर्णसहित कटहरी गाउँपालिका-४ का सूर्यनारायण राजवंशी र भोजपुर हतुवागढी गाउँपालिका-४ का २७ वर्षीय गोविन्द राईलाई पूर्पक्षका लागि जेल चलान गरेको हो ।

कटहरी गाउँपालिका–२ आदर्श टोलकी ३३ वर्षीया सुधा भन्ने सुक्री राजवंशी दुई लाख रुपैयाँ, सिराहाको कल्याणपुर नगरपालिका-१२ की ३८ वर्षीया नर्स निर्मला यादवलाई एक लाख र ४७ वर्षीया दिलमनीदेवी राजवंशीलाई १० हजार रुपैयाँ धरौटीमा छोड्न अदालतले आदेश दिएको थियो ।

गोविन्द र सूर्यनारायण मोरङ कारागारमै छन् । तर, डा. कर्ण भने कारागार पुग्नेबित्तिकै बिरामी परेका थिए । मोरङ कारागारका जेलर कृष्णहरि न्यौपानेका अनुसार कारागार ल्याएकै दिन बिरामी भएका डा. कर्ण प्रहरीको निगरानीमा उपचाररत छन् ।

‘क्याबिनमा बसेर आफ्नै खर्चमा उपचार गराउँछु भनेपछि असोज २६ गते नै कागज बनाएर पठाएको हुँ,’ उनले भने, ‘बीचबीचमा हामीले ल्याउँदै-लैजाँदै गरेका छौं । दिनमा दुईपटक सुगरको इन्सुलिन लगाउने र प्रेसरको औषधि खाने हुनाले पनि हामीले त्यहाँ राखेका हौं ।’

मोरङ कारागारमा स्वास्थ्यकर्मीको टोली पनि छ र औषधि पनि उपलब्ध हुन्छ । कर्ण आफैं पनि चिकित्सक भएका हुनाले आफ्नो इन्सुलिन आफैं लगाउन सक्थे । यस्तो अवस्थामा लामो समयदेखि डा. कर्ण क्याबिनमा उपचाररत छन् । किन यस्तो अवस्था आइपर्‍यो भन्ने प्रश्नमा जेलर न्यौपाने भन्छन्, ‘त्यतिको स्वास्थ्य समस्या यहीँ निराकरण हुन्थ्यो । तर, बिरामी भएपछि उहाँ ढलिहाल्नुहुन्छ । ज्यान नै तलमाथि भयो भने हामी अफ्ठेरोमा पर्छौं । कोसीमा अरूसरह उपचार गर्नेभए राज्यले खर्च बेहोर्थ्यो, क्याबिनमा बस्ने अडान लिएकाले उहाँ आफैंले खर्च गर्नुहुन्छ ।’

मोरङ कारागारमा ६० वर्षमाथिका ३३ जना वृद्ध कैदीबन्दी छन्, जसमध्ये एक जना वृद्धा पनि छिन् । तीन सय क्षमताको मोरङ कारागारमा मङ्गलबार दिउँसोसम्ममा एक हजार ५५ कैदीबन्दी छन् ।

के कारण कारागार पुग्नुपर्‍यो डा’साबले ?

हतुवागढी–४ का २७ वर्षीय अविवाहित गोविन्द राई र उनकी २६ वर्षीया प्रेमिकाको सम्बन्धबाट असार १४ मा शिशुको जन्म भएको थियो । विराटनगरस्थित ग्रीनक्रस अस्पतालमा सामान्य अवस्थामा जन्मिएकी शिशुलाई डा. कर्णले कटहरी–२ आदर्श टोलका सूर्यनारायण राजवंशी दम्पतीलाई पाँच लाख रुपैयाँमा बिक्री गरेका थिए ।

कर्णले उक्त बच्चाको व्यवस्थापनका लागि अविवाहित बुबा गोविन्दसँग पनि ३५ हजार रुपैयाँ लिएका थिए । कर्णको क्लिनिक ग्रीनक्रस अस्पताल नजिक छ । उनले आफ्नो क्लिनिकमा आएकी गर्भवती युवतीलाई ग्रीनक्रसमा सुत्केरी गराएर अस्पतालकी सफाइ कर्मचारी सुधा राजवंशी र क्लिनिककी सहयोगी नर्स निर्मला यादवमार्फत कटहरी–२ की दिलमाया राजवंशी र उनका छोरा सूर्यनारायणलाई उक्त शिशु बेचेका थिए ।

प्रहरीले उनीसहित अपराधमा संलग्न सात जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । जसपछि उनीसहित तीन जनालाई मोरङ अदालतले पूर्पक्षका लागि जेल चलान गरेको थियो । यसै बिहीबार यो मुद्दाको पूर्ण रूपमा सुनुवाई हुने बताइएको छ । सुनुवाईपछि डा. कर्णलाई कारागार ल्याउने तयारी रहेको जेलर न्यौपानेले जानकारी दिएका छन् ।

प्रकाशित समय: मङ्गलबार ३ पुस, २०८०, १९:२४:५९

सम्बन्धित खबर

भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह

बिहिबार १८ भदौ, २०८३
३ घण्टाअघि

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
३ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
३ दिनअघि
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०