हृदयाघातको जोखिमः महिलाको तुलनामा पुरुषमा उच्च

हृदयघातको जोखिम

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ८ चैत, २०७८
५ वर्षअघि
हृदयघात

महिलाको तुलनामा पुरुषमा हृदयाघातको जोखिम बढी हुने अध्ययनले देखाएको छ ।

अमेरिकन हार्ट एसोसिएसनले महिलाको तुलनामा पुरुषमा हृदयाघातको उच्च जोखिम रहेको दाबी गरेको हो ।

Advertisement

पुरुषहरूमा हृदयघातको जोखिम उमेरको निश्चित चरणमा महिलाको तुलनामा झन्डै दोब्बर बढी हुने जामा इन्टरनल मेडिसिनमा २०१६ मा प्रकाशित नर्वेको ट्रोम्स अध्ययनमा उल्लेख गरिएको छ ।

हृदयघातको जोखिमका बारेमा बुझ्नका लागि ३४ हजार पुरुष र महिलाहरूको विश्लेडण गरिएको थियो । साथै सन् १९७९ देखि २०१२ हृदयघातको अनुभव गरेका करिब २८ सय व्यक्तिमा पनि अध्ययन गरिएको थियो ।

कोलेस्ट्रोल लेभल, उच्च रक्तचाप, मधुमेह, मोटपना र शारिरीक सक्रियता लगायतका हृदयघातका जोखिम कारकको बारेमा हेर्दा पनि यसले लिङ्गको आधारामा हृदयघातको जोखिम बढ्छ भनेर जानकारी दिन सकेन ।

जोन हप्किन्स सिकारोन सेन्टर फर प्रिभेन्सन अफ हार्ट डिजिजका क्लिनिकल रिसर्च निर्देशक माइकल जोसेफ ब्लाहाले पुरुषलाई महिलाको तुलनामा १० वर्षपहिले हृदयघात हुन सक्ने बताएका छन् ।

४५ वर्षको उमेरमा पुरुषमा हृदयाघातको जोखिम बढ्ने विज्ञहरू बताउँछन् । तर महिलामा भने ५५ वर्षपछि मात्र हृदयघातको जोखिम बढी हुने सम्भावना हुन्छ ।

महिलाहरू मेनोपज हुनुअघि एथेरोस्क्लेरोसिसका कारण हृदयघातबाट बढी सुरक्षित हुन्छन् भने मेनोपजपछि पनि पुरुषको तुलनामा महिलामा हृदयघातको जोखिम कम हुन्छ । मेनोपजपछि महिलाहरूमा एस्ट्रोजेन हर्मोनको स्तर घट्न थाल्छ ।

प्रि-मेनोपजल एस्ट्रोजन लेभलले महिलाहरूलाई हृदयघातबाट बचाउँछ । यही कारण पुरुषले जस्तै ४५ वर्षको उमेरमा पनि महिलामा हृदयघातको जोखिम हुँदैन ।

अमेरिकन हार्ट एसोसिएसनका अनुसार हृदयघातका कारण समय अगावै मृत्यु हुने मानिसको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ । युएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) का अनुसार मुटु रोगका कारण हरेक वर्ष सबैभन्दा बढी मृत्यु हुने गरेको पाइन्छ ।

 

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

शनिवार १ कार्तिक, २०८३
१ हप्ताअघि

राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमामा जोड्न सरकारको तयारी

बुधबार २८ असोज, २०८३
२ हप्ताअघि

मानसिक स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध

सोमबार २६ असोज, २०८३
२ हप्ताअघि

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
४ हप्ताअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
१ महिनाअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
२ महिनाअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०