मःम खानु स्वास्थ्यको लागि हानिकारक

घरमै बनाउनुस् मःम

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ८ चैत, २०७८
४ वर्षअघि
मःम

अधिकांश नेपालीको मनपर्ने खाजा मध्ये मःम एक हो ।

मिठो भएकोले बच्चा, युवा तथा वृद्ध उमेरका सबले मःम खान रुचाउने गरेको पाइन्छ । रेष्टुरेन्टको मेनुमा जतिसुकै आँखा लगाएपनि नेपालीले मगाउने भनेको मःम नै हो ।

होटल, रेस्टुरेन्टमा सजिलै पाइने, बनाउन पनि सजिलो हुने हुदा धेरैले दिउसो खाइने खाजाको रुपमा मःम नै खाने गर्छन् । अहिले बजारमा बफ, चिकेन, मटन, भेज, फिस, पनीरलगायतका धेरै स्वादमा पाइने मःम पाइन्छ । यी मःमको परिकार फरक–फरक हुन्छन् ।

घरमा पनि मानिसहरूले मःम बनाएर खान थालेका छन् । दैनिक रुपमा वा निरन्तर मःम धेरै खानु स्वास्थ्यको लागि हानिकारक हुन्छ ।

मःम बनाउनका लागि गहुँको परिस्कृत आँटा मैदाको प्रयोग गरिन्छ । मैदामा फाइबर हुँदैन । मैदामा एज़ोडी-कार्बोना माइड, बेन्जोइल परअक्साइड हुन्छ ।

साथै, मैदाको पिठोलाई नरम बनाउनका लागी एलोक्सान राखिएको हुन्छ जुन स्वास्थ्यको लागि राम्रो मानिदैन । मःम मात्र नभएर मैदाबाट बनेका हरेक खानालाई नियमित सेवन गर्नु स्वास्थ्यका लागी हानिकारक हुन्छ ।

मैदाको अत्याधिक सेवनले शरीरमा सुगरको मात्रा बढ्छ र सुगर बढ्दा रगतमा ग्लुकोज जम्ने गर्छ । मःमको अत्यधिक वा नियमित सेवनले मधुमेहको खतरा धेरै गुणा बढ्छ । यसले मोटोपनाको समस्या पनि बढाउँछ ।

साथै शरीरमा केमिकल रियाक्सन हुने हुदा मुटु सम्बन्धि रोग लाग्ने सम्भावना पनि बढ्ने गर्छ । मःमको अत्याधिक सेवनले पाचन प्रक्रियामा गडबड गराएर अपच, कब्जियत लगायत अन्य पेट सम्बन्धि समस्या उत्पन्न गराउँछ ।

होटेलमा बनाइने प्राय जसो मोमो भित्र प्रयोग गरिने तरकारी, मासु, बोसो तथा मसलाको गुणस्तर कस्तो हुन्छ भनेर थाहा हुदैन । यसबाहेक बजारमा सजिलै बनाउन सकिने भन्दै फ्रोजन मःम (मःम बनाएर फ्रिजमा राखिएको जसलाई खान अगाडी स्टिम वा उमालेर खान सकिन्छ) पनि पाइन थालेको छ ।

यो कहिले बनाएको भनेर नहेरी प्रयोग गरेमा वा कम गुणस्तरको सामान प्रयोग गरि बनाइएको मःमको सेवन गर्नाले पनि विभिन्न प्रकारको रोग निम्तिन सक्छ । त्यसैले मःम खान मनलागेमा सजिलै घरमा बनाएर मःम  खान सकिन्छ ।

घरमा बनाउने मःममा ताजा मासु वा तरकारीको प्रयोग गरि ठिक्क मसला राखेर बनाउन सकिन्छ । साथै, स्वास्थ्यका हिसाबले हेर्दा मःम बनाउनका लागि आँटाको प्रयोग फाइदाजनक हुन्छ ।

प्रकाशित समय: मङ्गलबार ८ चैत, २०७८, २१:२२:४१
देवानगञ्जमा फेरि भिडन्त : दुवै पक्ष हातहतियार सहित निस्किए 
मङ्गलबार १२ साउन, २०८३
सुनसरीको मुख्य राजमार्ग क्षेत्रमा कर्फ्यू
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनाप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कारबाही र सर्वपक्षीय छानबिन समितिको माग
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनापछि तनाव झन् बढ्यो : कर्फ्युका बीच लुटपाट, आगजनी र राजमार्ग अवरुद्ध
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनाको प्रभाव विराटनगरमा : महानगरले बिदा नदिए पनि विद्यालय बन्द
मङ्गलबार १२ साउन, २०८३
सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र सामाजिक सद्भाव कायम गर्न मानव अधिकार आयोगको अपिल
सोमबार ११ साउन, २०८३
कप्तानगञ्ज घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुख फेरिए, छानबिन समिति गठन
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनाको विरोधमा राजविराजमा प्रदर्शन, टायर बालेर न्यायको माग
सोमबार ११ साउन, २०८३
सुनसरीको कप्तानगञ्ज झडप छानबिन गर्न समिति गठन,अवस्था तनावपूर्ण
सोमबार ११ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०