विश्व क्षयरोग दिवसः बालबालिका पनि जोखिममा

कस्ता बालबालिका क्षयरोगको जोखिममा ?

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १० चैत, २०७८
४ वर्षअघि
क्षयरोग Boy coughs by closing his mouth by hands

विश्व क्षयरोग दिवस हरेक वर्ष मार्च २४ मा मनाइन्छ ।

सन् १८८२ मा आजको दिन डाक्टर रोबर्ट कोचले क्षयरोग निम्त्याउने ब्याक्टेरिया (माइकोब्याक्टेरियम ट्युबरक्लोसिस) पत्ता लगाएका थिए ।

प्राणघातक रोगबाट जनतालाई सचेत गराउने उद्देश्यका साथ हरेक वर्ष विश्व क्षयरोग दिवस मनाउने गरिन्छ । क्षयरोग हरेक उमेर समुहका मानिसमा हुनसक्छ । बालबालिकालाई पनि क्षयरोग हुन सक्छ ।

बालबालिकामा फोक्सोको क्षयरोगका साथसाथै एक्स्ट्रा पल्मोनरी अर्थात फोक्सोबाहेक अन्य भागमा लाग्ने क्षयरोग हुन सक्छ । बालबालिकामा ग्रन्थी, आन्द्रा, मेनेन्जेस, हड्डी, प्रजनन तथा मूत्र प्रणाली, छाला, आँखा आदिको क्षयरोग हुनसक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।

हरेक बालबालिकालाई क्षयरोगको जोखिम हुन्छ । तर, केहि बालाबलिकाहरू क्षयरोगको बढी जोखिममा हुन्छन् ।

यस्ता बालबालिका क्षयरोगको बढि जोखिममा
– कमजोर प्रतिरक्षा प्रणाली भएका
– एचआइभी पोजिटिभ भएका
– मधुमेह रोगी
– क्यान्सर रोग लागी केमोथेरापी गरिरहेका बालबालिका
– क्षयरोग भएको व्यक्तिसँग बस्ने बालबालिका
– क्षयरोग लागेका मानिससँग नियमित सम्पर्कमा आउने बालबालिका
– घरबारविहीन र सडक बालबालिका

बालबालिका क्षयरोगको लक्षण
बालबालिकाको उमेरअनुसारर हरेकमा फरक-फरक लक्षणहरू देखा पर्न सक्छन् । यस्ता छन् बालबालिकामा देखिने क्षयरोगका सबैभन्दा सामान्य लक्षणहरूः
– ज्वरो आउनु
– तौल घट्नु
– शारीरिक वृद्धि नहुनु
– लामो समयसम्म एकनासले खोकी लाग्नु
– ग्रन्थीहरू सुन्निनु

बालबालिकामा क्षयरोगको रोकथाम
– नवजात शिशुलाई बिसिजी खोप दिने
– क्षयरोगका लक्षण देखिएका बालबालिकालाई तुरुन्तै परीक्षण गराउन लैजाने
– नियमित रूपमा औषधिको सेवन गर्ने
– व्यक्तिगत सरसफाइमा ध्यान दिने

समयमा रोग पत्ता लगाए सहि उपचार गरेमा क्षयरोग निको हुन्छ । नेपालभरि स्वास्थ्य संस्थाहरूमा क्षयरोगविरुद्धको अति प्राभवकारी औषधिहरू नि:शुल्क उपलब्ध छन् ।

प्रकाशित समय: बिहिबार १० चैत, २०७८, २०:४५:०७
कप्तानगञ्ज घटनाको प्रभाव विराटनगरमा : महानगरले बिदा नदिए पनि विद्यालय बन्द
मङ्गलबार १२ साउन, २०८३
सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र सामाजिक सद्भाव कायम गर्न मानव अधिकार आयोगको अपिल
सोमबार ११ साउन, २०८३
कप्तानगञ्ज घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुख फेरिए, छानबिन समिति गठन
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनाको विरोधमा राजविराजमा प्रदर्शन, टायर बालेर न्यायको माग
सोमबार ११ साउन, २०८३
सुनसरीको कप्तानगञ्ज झडप छानबिन गर्न समिति गठन,अवस्था तनावपूर्ण
सोमबार ११ साउन, २०८३
देवानगञ्जमा झडपपछि दुई दिन शोक विदा, गोली लागेर एक जनाको मृत्यु
सोमबार ११ साउन, २०८३
कप्तानगञ्जमा झडप उग्र: एकको मृत्यु, ८ सर्वसाधारण र ८ प्रहरी घाइते
सोमबार ११ साउन, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने
आईतबार १० साउन, २०८३
प्रदेशमा सत्ता गठबन्धन जोगाउन कांग्रेसको पहल जारी
आईतबार १० साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०