विश्व क्षयरोग दिवसः बालबालिका पनि जोखिममा

कस्ता बालबालिका क्षयरोगको जोखिममा ?

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १० चैत, २०७८
५ वर्षअघि
क्षयरोग Boy coughs by closing his mouth by hands

विश्व क्षयरोग दिवस हरेक वर्ष मार्च २४ मा मनाइन्छ ।

सन् १८८२ मा आजको दिन डाक्टर रोबर्ट कोचले क्षयरोग निम्त्याउने ब्याक्टेरिया (माइकोब्याक्टेरियम ट्युबरक्लोसिस) पत्ता लगाएका थिए ।

प्राणघातक रोगबाट जनतालाई सचेत गराउने उद्देश्यका साथ हरेक वर्ष विश्व क्षयरोग दिवस मनाउने गरिन्छ । क्षयरोग हरेक उमेर समुहका मानिसमा हुनसक्छ । बालबालिकालाई पनि क्षयरोग हुन सक्छ ।

बालबालिकामा फोक्सोको क्षयरोगका साथसाथै एक्स्ट्रा पल्मोनरी अर्थात फोक्सोबाहेक अन्य भागमा लाग्ने क्षयरोग हुन सक्छ । बालबालिकामा ग्रन्थी, आन्द्रा, मेनेन्जेस, हड्डी, प्रजनन तथा मूत्र प्रणाली, छाला, आँखा आदिको क्षयरोग हुनसक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।

Advertisement

हरेक बालबालिकालाई क्षयरोगको जोखिम हुन्छ । तर, केहि बालाबलिकाहरू क्षयरोगको बढी जोखिममा हुन्छन् ।

यस्ता बालबालिका क्षयरोगको बढि जोखिममा
– कमजोर प्रतिरक्षा प्रणाली भएका
– एचआइभी पोजिटिभ भएका
– मधुमेह रोगी
– क्यान्सर रोग लागी केमोथेरापी गरिरहेका बालबालिका
– क्षयरोग भएको व्यक्तिसँग बस्ने बालबालिका
– क्षयरोग लागेका मानिससँग नियमित सम्पर्कमा आउने बालबालिका
– घरबारविहीन र सडक बालबालिका

बालबालिका क्षयरोगको लक्षण
बालबालिकाको उमेरअनुसारर हरेकमा फरक-फरक लक्षणहरू देखा पर्न सक्छन् । यस्ता छन् बालबालिकामा देखिने क्षयरोगका सबैभन्दा सामान्य लक्षणहरूः
– ज्वरो आउनु
– तौल घट्नु
– शारीरिक वृद्धि नहुनु
– लामो समयसम्म एकनासले खोकी लाग्नु
– ग्रन्थीहरू सुन्निनु

बालबालिकामा क्षयरोगको रोकथाम
– नवजात शिशुलाई बिसिजी खोप दिने
– क्षयरोगका लक्षण देखिएका बालबालिकालाई तुरुन्तै परीक्षण गराउन लैजाने
– नियमित रूपमा औषधिको सेवन गर्ने
– व्यक्तिगत सरसफाइमा ध्यान दिने

समयमा रोग पत्ता लगाए सहि उपचार गरेमा क्षयरोग निको हुन्छ । नेपालभरि स्वास्थ्य संस्थाहरूमा क्षयरोगविरुद्धको अति प्राभवकारी औषधिहरू नि:शुल्क उपलब्ध छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

शनिवार १ कार्तिक, २०८३
१ हप्ताअघि

राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमामा जोड्न सरकारको तयारी

बुधबार २८ असोज, २०८३
२ हप्ताअघि

मानसिक स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध

सोमबार २६ असोज, २०८३
२ हप्ताअघि

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
४ हप्ताअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
१ महिनाअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
२ महिनाअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०