होलीमा भाङ खाँदै हुनुहुन्छ भने सावधान हुनुहोस्

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३ चैत, २०७८
५ वर्षअघि

हर्ष–उल्लासले भरिएको चाड हो, होली । होली उत्साह, उमङ्ग र खुशीयालीका साथ रङ्गीन बनाउने पर्वमा पर्छ ।

होलीमा बालबच्चा, युवा, वृद्ध सबैले रङको माध्यमबाट खुसी साटेर मनाउँछन् ।

Advertisement

तर रमाइलोको बहानामा धेरै जना होलीमा भाङलगायत नशाजन्य पदार्थको सेवन गर्छन् । भाङ एक प्रकारको मादक पदार्थ हो, जसलाई मानिसहरूले भगवान शिवको प्रसाद मान्ने गर्छन् ।

भाङ खाएपछि शरीरमा यसको असर तुरुन्त हुँदैन तर, केही समयपछि देखा पर्ने असर बिस्तारै बढ्दै जान्छ ।

होली चाड रङ र रमाइलोको चाड हो । तर परम्परागत भन्दै मानिसहरू होलीमा भाङको सेवन गर्ने गर्छन् ।

होलीको समयमा भाङलाई मिठाइ, आइसक्रिम तथा दूधमा राखेर अधिक प्रयोग गरिन्छ ।

गाम्जाका अन्य प्रकारका दुर्व्यसनीहरूभन्दा भाङ अलि फरक प्रकारको हुन्छ, जसले मुख्य रूपमा शरीरका प्रणालीलाई कमजोर बनाइरहेको हुन्छ ।

भाङ सेवन गर्नेबित्तिकै तुरुन्त लत लागिहाल्छ भन्ने हुँदैन । यसको प्रभाव भाङ खाएको दुईदेखि तीन घण्टाभित्र लाग्छ ।

तर जब भाङको नशा सुरु भएर बढ्न थाल्छ । त्यति खेर शरीरको नियन्त्रण दिमागमा अन्त भएर मानिसहरू या त निरन्तर हाँस्न वा रुन थाल्छन् ।

यदि भाङको सेवन थोरै मात्रामा गरिएको छ भने यसले धेरै असर गर्दैन र यसको असर लामो समयसम्म हुँदैन पनि ।

तर भाङको धेरै मात्रा पिउने मानिसहरूमा भाङले असर गर्न थालेपछि जुनसुकै काम गर्न थाल्छन्, ती कामहरू बारम्बार दोहोर्‍याएर गर्छन् ।

धेरैचोटी उनीहरूको दिमागले किन यस्तो गरिरहेको छु भन्ने सोच आए पनि शरीरले अझै पनि त्यो काम जारी नै राख्छ ।

भाङको सेवनपछि, मुख र जिब्रोको स्वाद कडा हुन्छ । त्यसपछि केही पनि खाएको कुराको टेस्ट महसुस गर्न सकिँदैन ।

प्रायः सुतिरहेको बेलामा ओछ्यानबाट माथि उडान गरेको जस्तो महशुस हुन्छ ।

यदि भाङको अत्यधिक सेवन गरेमा यसले दुईदेखि तीन दिनसम्म निरन्तर प्रभाव पार्न सक्छ ।

धेरैचोटी यसको प्रभाव हप्तासम्म पनि रहन्छ ।

अत्यधिक भाङगको सेवनले शरीर माथि नियन्त्रण गुमाउन सकिने हुँदा, त्यसपछिको अवस्था निकै गम्भीर भइ अस्पताल जानुपर्ने हुन सक्छ ।

होलीमा भाङ खाँदै हुनुहुन्छ भने, सावधान हुनुहोस् ।

यो पनि :

हाेली स्वास्थ्यः छाला र कपालमा लागेकाे रङ कसरी हटाउने ?

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

शनिवार १ कार्तिक, २०८३
१७ घण्टाअघि

राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमामा जोड्न सरकारको तयारी

बुधबार २८ असोज, २०८३
४ दिनअघि

मानसिक स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध

सोमबार २६ असोज, २०८३
६ दिनअघि

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
३ हप्ताअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
१ महिनाअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
१ महिनाअघि
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
बागलुङका बाढीपहिरो प्रभावित सडक सञ्चालनमा, पुनर्निर्माणका लागि एक अर्बभन्दा बढी लाग्ने अनुमान
आईतबार २ कार्तिक, २०८३
दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे
आईतबार २ कार्तिक, २०८३
मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खस्यो सुमो, तीन महिलाको ज्यान गयो, तीन बेपत्ता
आईतबार २ कार्तिक, २०८३
दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा
शनिवार १ कार्तिक, २०८३
अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो
शनिवार १ कार्तिक, २०८३
गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?
शनिवार १ कार्तिक, २०८३
दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका
शनिवार १ कार्तिक, २०८३
रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै
शनिवार १ कार्तिक, २०८३
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन
शनिवार १ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०