छाला र कपाललाई सुरक्षित राख्न होलीमा ‘गर्न हुने’ र ‘गर्न नहुने’ कामहरु

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३ चैत, २०७८
२ वर्षअघि
हाेलीमा

रङ्गहरुकाे पर्वका रूपमा परिचित हाेलीमा मानिसले एकअर्कालाई रङ्ग लगाइदिएर खुशी साटासाट गर्ने गर्छन् । 

विशेषत होली वसन्त ऋतुको आगमनलाई स्वागत गर्दै मनाइने पर्व हो ।

हाेलीमा विभिन्न किसिमका रङ्गको प्रयोगले छाला तथा कपालमा नकारात्मक असर गर्छ ।

रङ्गले छाला र कपाल मात्र नभइ नङ्ग, आँखा लगायत शरीरका विभिन्न अङ्गहरूमा असर पुर्याउँछ ।

विराटनगर स्थित भेनस स्किन एण्ड हेयर ट्रान्सप्लाण्ट क्लिनिकका छाला तथा कपाल विशेषज्ञ डाक्टर तपन प्रधानका अनुसार होली अघि र होलीपछि थोरै सतर्कता अपनाउन सके छाला र कपाललाई जोगाउँदै रमाइलो तरिकाले होली खेल्न सकिन्छ ।

डा. प्रधान सकेसम्म हाेलीमा प्राकृतिक रङ्ग प्रयाेग गर्न सुझाव दिन्छन् ।

रङ्गले छाला तथा कपाललाई थप ड्राइ बनाउने हुदा पहिलाबाटै छाला तथा कपाल ड्राइ भएका व्यक्तिहरूलाई अरुको तुलनामा धेरै असर गर्ने गर्छ।

बजारमा पाइने कृतिम रङ्गमा लिड, मर्करी तथा सिसा जस्ता हानिकारक पदार्थ मिसाइएको हुन्छ । डा. प्रधानका अनुसार त्यसता रङ्गकाे प्रयाेगले छाला तथा कपालमा समस्या निम्त्याउने सम्भावना उच्च हुन्छ ।

‘होलीको रङ्ग जानेर वा नजानेर मुख भित्र पसेमा सामान्य रुघा खोकी, एलर्जी तथा निमोनिया हुने सम्भवाना पनि रहन्छ । यस्ता केमिकलहरूले छाला तथा कपालमा तुरुन्तै असर गर्ने हुन्छन् भने कुनैले क्यान्सर समेत निम्त्याउन सक्छ’, उनले भने । डा. तपनका अनुसार रङ्गले छालालाई खुलाएर भित्र पस्ने हुँदा छालामा हुने सुरक्षात्मक तह कम भएर जान्छ ।

रङ्गले छालामा एलर्जी हुने, चिलाउने, पोल्ने, डाबर आउने, रातो हुने जस्ता तुरुन्त असर देखापर्छ ।

त्यस्तै, कपालमा पनि रङ्गले एलर्जी गराउने, कपालको बनावटलाई ड्राइ गर्ने, कपाल टुक्र्याउने उनले बताए । साथै रङ हटाउनका लागि केमिकल युक्त साबुनको प्रयोग र छाला रगड्नाले समस्या थप जटिल बन्न सक्ने उनको भनाइ छ ।

होली खेल्दा अपनाउनु पर्ने सतर्कता

होली खेल्नु अगाडी छाला तथा कपाललाई मोइस्चराइज गर्नुपर्छ ।

छालालाई मोइस्चराइज गर्नका लागि आफुले दैनिक प्रयोग गर्ने मोइस्चराइजर, नोर्मल भ्यास्लिन वा नरिवल तेलको प्रयोग गर्न सकिन्छ ।

कपालमा पनि नरिवलको तेल लगाउन सकिन्छ । होली खेल्नु आधा वा एक घण्टा अगाडी छालामा मोइस्चराइजर र कपालमा तेल अनिवार्य रुपमा लगाउनु पर्छ ।

साथै, सन्सक्रिन लगाउनु पनि उत्तिकै आवश्यक छ । होलीको रङले छालालाई फोटोसिन्थेसाइजिङ्ग बनाउने अर्थात् छाला घाममा पर्दा थप असर गरि एलर्जी निम्त्याउन सक्छ ।

त्यसैले रङ लागेको समयमा सकेसम्म घामबाट बच्नुपर्छ । नङमा रङहरू अड्किने हुदा हात तथा खुट्टाका नङहरू छोटो गरेर काट्ने र भ्यास्लिनको प्रयोग गर्नुपर्छ । रङलाई आँखा, ओठ र मुखमा पर्नबाट जोगाउनु पर्छ ।

रङ्ग आँखामा परे सामान्य समस्या देखि लिएर अन्धो समेत हुन सक्ने हुदा आँखामा रङ परे, आँखा चिलाए, पोलेमा चिसो पानीले आँखा पखाल्नु पर्छ ।

होली खेलेपछि गर्नु पर्ने र गर्न नहुने काम

होलीपछि छाला तथा कपालबाट रङ्ग निकाल्न विशेष ध्यान दिनुपर्छ ।

होलीपछि रङ्ग हटाउनका लागि कडा साबुनको प्रयोग गर्नु हुदैन । यस्ता साबुनले छालाको सतहलाई हटाएर छाला रातो बनाउने र थप एलर्जी निम्त्याउने गर्छ ।

छालाको सतह नै पखालिएपछि वातावरणमा पाइने हानिकारक तत्व, व्याक्टेरिया तथा भाइरसले सजिलै आक्रमण गरेर सङ्क्रमण गराउन सक्छ ।

रङ्ग गएन भन्दै पटक पटक छाला तथा कपालमा साबुन, फेसवास तथा स्याम्पूको प्रयोग गर्ने वा रगड्नु हुँदैन । यसले छालालाई थप ड्राइ बनाउछ ।

ड्राइ स्किन भएकाले साबुनको प्रयोग गर्नु हुदैन । रङ हटाउन हल्का खालको साबुन, फेसवास, वा फिज नआउने क्लिनजरको प्रयोग गर्न सकिन्छ ।

कपालमा पनि साबुनको साटो एक पटक मात्र नर्मल स्याम्पू र कन्डिसनरको प्रायोग गर्नुपर्छ ।

रङ्ग लागेको अनुहारमा भिजेको बेसनको लेप लगाएर पखाल्न सकिन्छ ।

रङ्ग निकाल्नका लागि पेट्रोल, मट्टीतेल, लुगा धुने साबुन, कडा खालको किटाणु मार्ने साबुनको प्रयोग गर्नु हुदैन ।

पिम्पल वा छालाका समस्या भएकाले होली खेल्दा र रङ्ग हटाउदा ध्यान दिनु पर्छ ।

यस्ता मानिसलाई होली खेलेपछि पिम्पल आउने, पिम्पल बिग्रेर घाउ हुने, दाग बस्ने, तथा थप समस्याहरू निम्तिन सक्छ ।

रङ्ग पखालेपछि मोइस्चराइजरको प्रयोग गर्न बिर्सिनु हुदैन । रङले छाला तथा कपाललाई ड्राइ गराउने हुँदा शरीरलाई हाइड्रेटेड राख्नका लागि प्रशस्त मात्रामा पानी र सन्तुलित भोजनको सेवन गर्नुपर्छ ।

हाेलीमा सकभर मोबिल, सिल्भर, कालो, चम्किने रङ्गहरूको प्रयोग तथा फेसपेन्ट गर्नु हुँदैन ।

यस्ता पदार्थमा भएको केमिकलहरूले छालामा पछि सम्मको असर गर्ने गर्छ । र, छाला रिकभर हुने धेरै नै समय लाग्छ ।

होलीपछि छाला रातो भएमा, पोलेमा, चिलाएमा, पानी फोका आएमा, डाबर देखापरे छाला विशेषज्ञकाे सल्लाह लिनुपर्छ वा नजिकैकाे स्वास्थ्य संस्थामा उपचारका लागि पुग्नु बुद्धिमानी हुन्छ ।

प्रकाशित समय: बिहिबार ३ चैत, २०७८, २३:१३:४१
Gyeltshen
Gyeltshen: The most expensive player in the Nepali league
सोमबार १३ चैत, २०७९
आईबीडी
‘आईबीडी’काे पहिलाे अधिवेशन सम्पन्न, ११ सदस्यीय कार्यसमितिकाे नेतृत्वमा मल्ल
शनिवार ७ माघ, २०७९
उपसभामुख मगर
समाजसेवादेखि शुभारम्भ भएकाे उपसभामुख मगरकाे राजनीतिक उडान
शनिवार ७ माघ, २०७९
विमान दुर्घटना
विमान दुर्घटना अपडेटः ७२ यात्रुमध्ये ११ विदेशी, तीन बालबालिका, हालसम्म ३२ शव निकालियाे
आईतबार १ माघ, २०७९
साताका सात
साताका ७ तस्बिरः धनकुटादेखि डाेटीसम्म
शनिवार १६ पुस, २०७९
जेसिस
एभरेष्टले जित्याे २७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि
शनिवार १६ पुस, २०७९
पेले
अस्ताए फिफा प्लेयर अफ द सेन्चुरी ‘पेले’
शुक्रबार १५ पुस, २०७९
आहा रारा गोल्डकप
२२औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु, विजेताले १२ लाख पाउने
बिहिबार १४ पुस, २०७९
प्रथम अधिवेशन
प्रदेशसभाको अधिवेशन पुस १७ गते
बुधबार १३ पुस, २०७९
क्युएफएक्स सिनेमाजको विराटनगर
क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर
बुधबार १३ पुस, २०७९
फिलिपिन्स
फिलिपिन्सविरुद्ध जितको खोजीमा नेपाल
शनिवार ७ फाल्गुण, २०७८
यी हुन् प्रदेश १ का १२ मन्त्रालय
मङ्गलबार १८ माघ, २०७८
बन्न नसकेका समाचार
शनिवार १ माघ, २०७८
केपी ओली
केपी ओलीको सुझाव : प्रदेश १ को नाम कोसी राखाैँ
शनिवार २१ फाल्गुण, २०७८
पल शाह
नायक पल शाह प्रहरी नियन्त्रणमा !
आईतबार १५ फाल्गुण, २०७८
सङ्क्रमण
प्रदेश १ मा कोभिड : सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने धेरै
शनिवार १५ माघ, २०७८
पलको बचाउ
पलको बचाउ गर्दै पूजाले भनिन् : उसको अनेकन् योगदान सम्झेर एउटा गल्ती बिर्सिनुपर्छ (भिडियो)
बुधबार ११ फाल्गुण, २०७८
राप्रपा नेपाल र एमालेले सहकार्य गर्ने सम्भावना
बुधबार २ चैत, २०७८
नेपाली रकस्टार अमृत गुरूङ
गोठमा रमाउने रकस्टार अमृत गुरुङ !
मङ्गलबार ११ माघ, २०७८
एसएस राजमौली
एसएस राजामौलीको ‘आरआरआर’ बाहुबलीकै लयमा
सोमबार १४ चैत, २०७८