छाला र कपाललाई सुरक्षित राख्न होलीमा ‘गर्न हुने’ र ‘गर्न नहुने’ कामहरु

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३ चैत, २०७८
५ वर्षअघि
हाेलीमा

रङ्गहरुकाे पर्वका रूपमा परिचित हाेलीमा मानिसले एकअर्कालाई रङ्ग लगाइदिएर खुशी साटासाट गर्ने गर्छन् । 

विशेषत होली वसन्त ऋतुको आगमनलाई स्वागत गर्दै मनाइने पर्व हो ।

Advertisement

हाेलीमा विभिन्न किसिमका रङ्गको प्रयोगले छाला तथा कपालमा नकारात्मक असर गर्छ ।

रङ्गले छाला र कपाल मात्र नभइ नङ्ग, आँखा लगायत शरीरका विभिन्न अङ्गहरूमा असर पुर्याउँछ ।

विराटनगर स्थित भेनस स्किन एण्ड हेयर ट्रान्सप्लाण्ट क्लिनिकका छाला तथा कपाल विशेषज्ञ डाक्टर तपन प्रधानका अनुसार होली अघि र होलीपछि थोरै सतर्कता अपनाउन सके छाला र कपाललाई जोगाउँदै रमाइलो तरिकाले होली खेल्न सकिन्छ ।

डा. प्रधान सकेसम्म हाेलीमा प्राकृतिक रङ्ग प्रयाेग गर्न सुझाव दिन्छन् ।

रङ्गले छाला तथा कपाललाई थप ड्राइ बनाउने हुदा पहिलाबाटै छाला तथा कपाल ड्राइ भएका व्यक्तिहरूलाई अरुको तुलनामा धेरै असर गर्ने गर्छ।

बजारमा पाइने कृतिम रङ्गमा लिड, मर्करी तथा सिसा जस्ता हानिकारक पदार्थ मिसाइएको हुन्छ । डा. प्रधानका अनुसार त्यसता रङ्गकाे प्रयाेगले छाला तथा कपालमा समस्या निम्त्याउने सम्भावना उच्च हुन्छ ।

‘होलीको रङ्ग जानेर वा नजानेर मुख भित्र पसेमा सामान्य रुघा खोकी, एलर्जी तथा निमोनिया हुने सम्भवाना पनि रहन्छ । यस्ता केमिकलहरूले छाला तथा कपालमा तुरुन्तै असर गर्ने हुन्छन् भने कुनैले क्यान्सर समेत निम्त्याउन सक्छ’, उनले भने । डा. तपनका अनुसार रङ्गले छालालाई खुलाएर भित्र पस्ने हुँदा छालामा हुने सुरक्षात्मक तह कम भएर जान्छ ।

रङ्गले छालामा एलर्जी हुने, चिलाउने, पोल्ने, डाबर आउने, रातो हुने जस्ता तुरुन्त असर देखापर्छ ।

त्यस्तै, कपालमा पनि रङ्गले एलर्जी गराउने, कपालको बनावटलाई ड्राइ गर्ने, कपाल टुक्र्याउने उनले बताए । साथै रङ हटाउनका लागि केमिकल युक्त साबुनको प्रयोग र छाला रगड्नाले समस्या थप जटिल बन्न सक्ने उनको भनाइ छ ।

होली खेल्दा अपनाउनु पर्ने सतर्कता

होली खेल्नु अगाडी छाला तथा कपाललाई मोइस्चराइज गर्नुपर्छ ।

छालालाई मोइस्चराइज गर्नका लागि आफुले दैनिक प्रयोग गर्ने मोइस्चराइजर, नोर्मल भ्यास्लिन वा नरिवल तेलको प्रयोग गर्न सकिन्छ ।

कपालमा पनि नरिवलको तेल लगाउन सकिन्छ । होली खेल्नु आधा वा एक घण्टा अगाडी छालामा मोइस्चराइजर र कपालमा तेल अनिवार्य रुपमा लगाउनु पर्छ ।

साथै, सन्सक्रिन लगाउनु पनि उत्तिकै आवश्यक छ । होलीको रङले छालालाई फोटोसिन्थेसाइजिङ्ग बनाउने अर्थात् छाला घाममा पर्दा थप असर गरि एलर्जी निम्त्याउन सक्छ ।

त्यसैले रङ लागेको समयमा सकेसम्म घामबाट बच्नुपर्छ । नङमा रङहरू अड्किने हुदा हात तथा खुट्टाका नङहरू छोटो गरेर काट्ने र भ्यास्लिनको प्रयोग गर्नुपर्छ । रङलाई आँखा, ओठ र मुखमा पर्नबाट जोगाउनु पर्छ ।

रङ्ग आँखामा परे सामान्य समस्या देखि लिएर अन्धो समेत हुन सक्ने हुदा आँखामा रङ परे, आँखा चिलाए, पोलेमा चिसो पानीले आँखा पखाल्नु पर्छ ।

होली खेलेपछि गर्नु पर्ने र गर्न नहुने काम

होलीपछि छाला तथा कपालबाट रङ्ग निकाल्न विशेष ध्यान दिनुपर्छ ।

होलीपछि रङ्ग हटाउनका लागि कडा साबुनको प्रयोग गर्नु हुदैन । यस्ता साबुनले छालाको सतहलाई हटाएर छाला रातो बनाउने र थप एलर्जी निम्त्याउने गर्छ ।

छालाको सतह नै पखालिएपछि वातावरणमा पाइने हानिकारक तत्व, व्याक्टेरिया तथा भाइरसले सजिलै आक्रमण गरेर सङ्क्रमण गराउन सक्छ ।

रङ्ग गएन भन्दै पटक पटक छाला तथा कपालमा साबुन, फेसवास तथा स्याम्पूको प्रयोग गर्ने वा रगड्नु हुँदैन । यसले छालालाई थप ड्राइ बनाउछ ।

ड्राइ स्किन भएकाले साबुनको प्रयोग गर्नु हुदैन । रङ हटाउन हल्का खालको साबुन, फेसवास, वा फिज नआउने क्लिनजरको प्रयोग गर्न सकिन्छ ।

कपालमा पनि साबुनको साटो एक पटक मात्र नर्मल स्याम्पू र कन्डिसनरको प्रायोग गर्नुपर्छ ।

रङ्ग लागेको अनुहारमा भिजेको बेसनको लेप लगाएर पखाल्न सकिन्छ ।

रङ्ग निकाल्नका लागि पेट्रोल, मट्टीतेल, लुगा धुने साबुन, कडा खालको किटाणु मार्ने साबुनको प्रयोग गर्नु हुदैन ।

पिम्पल वा छालाका समस्या भएकाले होली खेल्दा र रङ्ग हटाउदा ध्यान दिनु पर्छ ।

यस्ता मानिसलाई होली खेलेपछि पिम्पल आउने, पिम्पल बिग्रेर घाउ हुने, दाग बस्ने, तथा थप समस्याहरू निम्तिन सक्छ ।

रङ्ग पखालेपछि मोइस्चराइजरको प्रयोग गर्न बिर्सिनु हुदैन । रङले छाला तथा कपाललाई ड्राइ गराउने हुँदा शरीरलाई हाइड्रेटेड राख्नका लागि प्रशस्त मात्रामा पानी र सन्तुलित भोजनको सेवन गर्नुपर्छ ।

हाेलीमा सकभर मोबिल, सिल्भर, कालो, चम्किने रङ्गहरूको प्रयोग तथा फेसपेन्ट गर्नु हुँदैन ।

यस्ता पदार्थमा भएको केमिकलहरूले छालामा पछि सम्मको असर गर्ने गर्छ । र, छाला रिकभर हुने धेरै नै समय लाग्छ ।

होलीपछि छाला रातो भएमा, पोलेमा, चिलाएमा, पानी फोका आएमा, डाबर देखापरे छाला विशेषज्ञकाे सल्लाह लिनुपर्छ वा नजिकैकाे स्वास्थ्य संस्थामा उपचारका लागि पुग्नु बुद्धिमानी हुन्छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
३ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
३ हप्ताअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
१ महिनाअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
१ महिनाअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
२ महिनाअघि
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०