हाेली स्वास्थ्यः छाला र कपालमा लागेकाे रङ कसरी हटाउने ?

डा. बन्धना झा
बुधबार २ चैत, २०७८
५ वर्षअघि
हाेली

हाेली रङहरूको पर्व हो ।

आजकल बजारमा पाइने रङहरू सबै कृतिम हुन्छन् जसमा हानिकारक पदार्थहरू मिसाइएको हुन्छ ।

होलीमा प्रयोग गरिने रङले छाला, कपाल, नङ, आँखा लगायत शरीरका विभिन्न अङ्गहरूमा समेत असर पुर्याउन सक्छ ।

Advertisement

होली खेलेपछि धेरैजसो व्यक्तिमा छाला पोल्ने, चिलाउने, छाला तथा कपाल सुक्खा हुने वा अन्य विभिन्न प्रकारको समस्या देखिने विराटनगरस्थित क्युटिज केयर क्लिनिककी छाला तथा कपाल विशेषज्ञ डा. बन्धना झा बताउँछिन् ।

उनका अनुसार होलीका रङगले छाला तथा कपाललाई थप ड्राइ बनाउने हुँदा पहिलाबाटै छाला र कपाल ड्राइ भएका व्यक्तिलाई अरूको तुलनामा धेरै असर गर्ने हुन्छ ।

होलीको रङले छालामा एलर्जी हुने, चिलाउने, पोल्ने, डाबर आउने, रातो हुने जस्ता तुरुन्त असरहरू देखापर्न पनि सक्छ ।

त्यस्तै, कपालमा पनि रङले एलर्जी गर्ने, कपालको बनावटलाई ड्राइ गर्ने, कपाल टुक्र्याउने उनको भनाइ छ ।

‘यति मात्र नभएर होली खेकेपछि रङ हटाउनका लागि केमिकल युक्त साबुन, स्याम्पुको प्रयोग र रङ हटाउनका लागि रगड्ने बानीले समस्या थप जटिल बन्न सक्छ’, उनले भनिन् ।

होलीको समयमा रङसँग खेल्नुअगाडि र होलीपछि थोरै सतर्कता अपनाउन सके छाला र कपाललाई जोगाउँदै रमाइलो तरिकाले होली खेल्न सकिने उनको सुझाव छ ।

पहिलादेखि नै छाला तथा कपालको स्याहार गरिरहेका मानिसले होलीको लागि भनेर छुट्टै कुनै प्रकारको उपाय अपनाउनु पर्छ भन्ने हुँदैन ।

डा. झाका अनुसार होलीमा रङबाट छालालाई जोगाउन सामान्य दिन जस्तै फेसवासले मुख धुने, शरीरभरि मोइस्चराइजर लगाउनुपर्छ ।

होली खेल्नु आधा वा एक घण्टाअगाडि छालालाई मोइस्चराइज गर्न दैनिक प्रयोग गर्ने मोइस्चराइजर र सन्सक्रिनको अनिवार्य प्रयोग गर्नुपर्छ ।

त्यस्तै, कपालमा पनि अनिवार्य रुपमा तेल लगाउनुपर्ने उनी बताउँछिन् । ‘मोइस्चराइजर र तेलले छालामा एक प्रकारको सुरक्षात्मक तह बनाइदिन्छ’, उनले भनिन्, ‘यसपछि रङले छाला तथा कपालमा असर गर्न सक्दैन ।’

साथै, नङमा नङ पालिस लगाउने, वा बेस कोट मात्र लगाएर नङलाई जोगाउँन सकिन्छ । ओठ, कान र नङभित्र रङ छिर्नबाट जोगाउनका लागि वरिपरि भ्यास्लिनको प्रयोग पनि गर्न सकिन्छ ।

होली खेलेपछि पनि छाला तथा कपालबाट रङ निकाल्नका लागि पनि सतर्कता अपनाउनु पर्ने उनी बताउँछिन् ।

उनका अनुसार रङ हटाउनका लागि एक पटकमात्र नर्मल साबुन, स्याम्पु र कन्डिस्नर प्रयोग गर्नुपर्छ ।

पहिलादेखि कपाल ड्राइ भएका व्यक्तिहरूले आफ्नो कपालको प्रकारमा ध्यानमा राखेर हेयर मास्कको प्रयोग गर्न सक्छन् ।

रङ हटाउन रगड्नाले छालामा थप समस्या निम्त्याउन सक्छ ।

रङ हटाउनका लागि शरीर राम्ररी पखालिसेकेपछि मोइस्चराइजरको प्रयोग गर्नुपर्छ ।

धेरैजसो मानिसहरू रङ लाग्नेबित्तिकै पखाल्ने वा एकै दिनमा पटकपटक समेत होली खेलिरहेका हुन्छन् ।

सुरुको समय मोइस्चराइजर, सन्सक्रिन लगाएर एकपटक होली खेलेपछि रङ हटाएर छाला र कपाललाई सुरक्षित राख्ने कुनै पनि उपाय नअपनाइ गरेको लापरवाहीले छाला र कपालमा समस्या निम्त्याउँन सक्छ ।

एक पटक होली खेलिसकेर सबै रङ पखालिसके पनि अर्को पटक होली खेल्नका लागि पुनः सबै सुरक्षाका उपाय अपनाउनु पर्ने वा दिनभरि होली सकेत एकै पटक नुहाउनुपर्ने डा. झाको सुझाव छ ।

पहिलादेखि रङबाट एलर्जी भएका, छालामा रङले एलर्जी गरेको इतिहास भएकाले बजारमा पाइने रङको प्रयोग गर्नु हुँदैन ।

यस्ता मानिसले प्राकृतिक रङको प्रयोग गर्ने वा घरमै विभिन्न तरिकाले रङ बनाएर प्रयोग गर्नु उचित हुन्छ ।

सबै सावधानीका साथ होली खेलेपछि पनि छाला रातो भएमा, पोलेमा, चिलाएमा, पानी फोका आएमा, डाबर देखापरे वा अन्य समस्याहरू देखिएमा घरेलु उपचार गर्ने तथा अन्य औषधिको प्रयोग गर्नुभन्दा पनि एक पटक छाला तथा कपाल विशेषज्ञलाई देखाउनुपर्ने उनको भनाइ छ ।

डा. बन्दना झा
डा. बन्धना झा विराटनगरस्थित क्युटिज केयर क्लिनिककी छाला तथा कपाल विशेषज्ञ हुन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

शनिवार १ कार्तिक, २०८३
१८ घण्टाअघि

राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमामा जोड्न सरकारको तयारी

बुधबार २८ असोज, २०८३
४ दिनअघि

मानसिक स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध

सोमबार २६ असोज, २०८३
६ दिनअघि

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
३ हप्ताअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
१ महिनाअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
१ महिनाअघि
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
बागलुङका बाढीपहिरो प्रभावित सडक सञ्चालनमा, पुनर्निर्माणका लागि एक अर्बभन्दा बढी लाग्ने अनुमान
आईतबार २ कार्तिक, २०८३
दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे
आईतबार २ कार्तिक, २०८३
मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खस्यो सुमो, तीन महिलाको ज्यान गयो, तीन बेपत्ता
आईतबार २ कार्तिक, २०८३
दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा
शनिवार १ कार्तिक, २०८३
अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो
शनिवार १ कार्तिक, २०८३
गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?
शनिवार १ कार्तिक, २०८३
दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका
शनिवार १ कार्तिक, २०८३
रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै
शनिवार १ कार्तिक, २०८३
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन
शनिवार १ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०