अस्ट्रेलियन ओपन : नाडाल बने विजेता, ग्रान्डस्लाम सङ्ख्या २१ पुर्‍याए

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १६ माघ, २०७८
५ वर्षअघि

स्पेनिस टेनिस स्टार राफायल नाडालले अस्ट्रेलियन ओपन टेनिसको पुरुष एकलतर्फको उपाधि जितेका छन् । 

मेलबर्नमा आइतबार भएको फाइनलमा रसियन खेलाडी डानिल मेदभेदेबलाई हराउँदै नाडालले उपाधि जितेका हुन् ।

Advertisement

फाइनल खेलको पहिलो सेट ६–२ र दोस्रो सेट ७–६ ले गुमाएका नाडालले उत्कृष्ट पुनरागमन गरेर बाँकी तीन सेट लगातार जिते ।

योसँगै ३५ वर्षका स्पेनिस खेलाडी नाडालले कीर्तिमानी २१औँ ग्रान्डस्लाम पनि जितेका छन् ।

उनी स्विट्जरल्यान्डका रोजर फेडेरर र सर्बियाका नोभाक जोकोभिचलाई पछि पार्दै कीर्तिमानी २१औँ ग्रान्डस्लाम जित्न सफल भएका हुन् ।

रोजर र नोभाकले समान २०औँ पटक ग्रान्डस्लाम उपाधि जितेका छन् ।

नाडालको यो दोस्रो अस्ट्रेलियन ओपनको उपाधि हो ।

नाडालले फ्रेन्च ओपन १३ पटक, विम्वल्डन दुई पटक तथा युएस ओपन चार पटक जितेका छन् ।

युएस ओपन च्याम्पियन मेदभेदेब दाेस्राे उपाधि जित्न चाहन्थे तर त्याे सफल भएन ।

सुरुवाती खेलमा निकै उत्कृष्ट प्रदर्शन गरेका २५ वर्षीय उनले पछिसम्म त्यसलाई निरन्तरता दिन सकेनन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०