सुनसरीमा व्यावसायिक केराखेती गर्ने किसानको सङ्ख्या बढ्यो

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ११ माघ, २०७८
५ वर्षअघि

सुनसरीमा व्यावसायिक केराखेती गर्ने किसानको सङ्ख्या बढेकाे छ । 

सुनसरीको इनरुवालगायतका विभिन्न स्थानमा बढ्दो प्रतिफलका कारण किसान व्यावसायिक केराखेतीमा लागेका हुन् ।

Advertisement

सुनसरीमा केही वर्षयता व्यावसायिक केराखेती फस्टाइरहेको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ ।

केराखेती अन्य खेतीभन्दा सजिलो र विषादीको प्रयोग पनि त्यति धेरै गर्नु नपर्ने कृषि ज्ञान केन्द्रका सूचना अधिकारी योगेन्द्र यादवले बताए ।

उनका अनुसार अहिले सुनसरीका एक हजार एक सयभन्दा बढी किसानले ६ सय हेक्टर क्षेत्रफलमा केराखेती गर्दै आएका छन् ।

इनरुवाका किसानले सुरु गरेको व्यावसायिक केराखेतीको दैनिक कारोबार तीन लाख रुपियाँभन्दा बढी हुने गरेको बताइएको छ ।

सुनसरीको इनरुवा नगरपालिका–९ बबियामा ५० जनाभन्दा बढी किसानले केराको व्यावसायिक खेती थालेका छन् ।

अन्य खेतीबाट भन्दा केराखेतीबाट तीन गुणा बढी फाइदा हुने भएकोले यहाँका किसानहरू केराखेतीतर्फ आकर्षित भएको बबिया केरा पकेट सञ्चालक समितिका अध्यक्ष हरि मेहताले बताए ।

जिल्लामा केराखेती १७ वर्ष अगाडिदेखि गर्न थालिए पनि व्यावसायिक केराखेती भने १० वर्ष अघिदेखि थालिएको किसानको भनाइ छ ।

करिब ६ सय हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको र केरा पकेट तथा ब्लक कार्यक्रम सञ्चालन भएकाले थप केराको व्यावसायिक खेतीमा लाग्ने किसान बढेका छन् ।

यहाँ केराखेतीबाट वार्षिक करौडोको कारोबार भइरहेको छ ।

केराखेती गर्ने किसानले पाँच कठ्ठादेखि बढीमा १० बिगाहासम्म केराखेती गर्ने गरेका छन् ।

होटल तथा रेस्टुरेन्टहरूमा विभिन्न परिकार बनाएर बन्ने भएपछि केराको माग बढ्न थालेको किसानहरूको भनाइ छ ।

जिल्लाको इनरुवा, भोक्राहा नरसिंह, हरिनगर, गढी, देवानगञ्ज गाउँपालिकाका किसान व्यावसायिक केराखेतीतर्फ आकर्षित भएका केरा किसान जसलाल यादवले बताए ।

एकदशकदेखि व्यावसायिक केराखेती गर्दै आएका इनरुवा–९ का किसान राजेश मेहताले पाँच विघामा उन्नत जातको केरामात्र लगाउने गरेको बताए ।

प्रतिबिघा क्षेत्रफलमा केराखेती गर्दा एक लाखभन्दा बढी आम्दानी हुने गरेको उनको भनाइ छ ।

यो पनि:

विराटनगरमा ५० करोडको लगानी गर्ने लक्ष्यसहित कृषि फर्म, पाँच हजार लिटर दूध उत्पादन गर्ने लक्ष्य

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए

शनिवार १० असोज, २०८३
१८ घण्टाअघि

नागरिकता अभिलेखमा किर्ते  गएकोले आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन

शनिवार १० असोज, २०८३
२० घण्टाअघि

विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने

शनिवार १० असोज, २०८३
२१ घण्टाअघि

‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’

शनिवार १० असोज, २०८३
२२ घण्टाअघि

मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी

शनिवार १० असोज, २०८३
२२ घण्टाअघि

अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा

शनिवार १० असोज, २०८३
२२ घण्टाअघि
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
नागरिकता अभिलेखमा किर्ते  गएकोले आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन
शनिवार १० असोज, २०८३
होर्मुज जलमार्ग खोल्ने इरानको सातदिने प्रस्ताव, ट्रम्पले अस्वीकार गरेको रिपोर्ट
शनिवार १० असोज, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने
शनिवार १० असोज, २०८३
‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’
शनिवार १० असोज, २०८३
मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी
शनिवार १० असोज, २०८३
अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा
शनिवार १० असोज, २०८३
नारायणीको बाढीले सुस्तामा डेढ सयभन्दा बढी घर डुबानमा, १६३ जनाको उद्धार
शनिवार १० असोज, २०८३
लगातारको वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०