सुनसरीमा व्यावसायिक केराखेती गर्ने किसानको सङ्ख्या बढ्यो

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ११ माघ, २०७८
३ वर्षअघि

सुनसरीमा व्यावसायिक केराखेती गर्ने किसानको सङ्ख्या बढेकाे छ । 

सुनसरीको इनरुवालगायतका विभिन्न स्थानमा बढ्दो प्रतिफलका कारण किसान व्यावसायिक केराखेतीमा लागेका हुन् ।

सुनसरीमा केही वर्षयता व्यावसायिक केराखेती फस्टाइरहेको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ ।

केराखेती अन्य खेतीभन्दा सजिलो र विषादीको प्रयोग पनि त्यति धेरै गर्नु नपर्ने कृषि ज्ञान केन्द्रका सूचना अधिकारी योगेन्द्र यादवले बताए ।

उनका अनुसार अहिले सुनसरीका एक हजार एक सयभन्दा बढी किसानले ६ सय हेक्टर क्षेत्रफलमा केराखेती गर्दै आएका छन् ।

इनरुवाका किसानले सुरु गरेको व्यावसायिक केराखेतीको दैनिक कारोबार तीन लाख रुपियाँभन्दा बढी हुने गरेको बताइएको छ ।

सुनसरीको इनरुवा नगरपालिका–९ बबियामा ५० जनाभन्दा बढी किसानले केराको व्यावसायिक खेती थालेका छन् ।

अन्य खेतीबाट भन्दा केराखेतीबाट तीन गुणा बढी फाइदा हुने भएकोले यहाँका किसानहरू केराखेतीतर्फ आकर्षित भएको बबिया केरा पकेट सञ्चालक समितिका अध्यक्ष हरि मेहताले बताए ।

जिल्लामा केराखेती १७ वर्ष अगाडिदेखि गर्न थालिए पनि व्यावसायिक केराखेती भने १० वर्ष अघिदेखि थालिएको किसानको भनाइ छ ।

करिब ६ सय हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको र केरा पकेट तथा ब्लक कार्यक्रम सञ्चालन भएकाले थप केराको व्यावसायिक खेतीमा लाग्ने किसान बढेका छन् ।

यहाँ केराखेतीबाट वार्षिक करौडोको कारोबार भइरहेको छ ।

केराखेती गर्ने किसानले पाँच कठ्ठादेखि बढीमा १० बिगाहासम्म केराखेती गर्ने गरेका छन् ।

होटल तथा रेस्टुरेन्टहरूमा विभिन्न परिकार बनाएर बन्ने भएपछि केराको माग बढ्न थालेको किसानहरूको भनाइ छ ।

जिल्लाको इनरुवा, भोक्राहा नरसिंह, हरिनगर, गढी, देवानगञ्ज गाउँपालिकाका किसान व्यावसायिक केराखेतीतर्फ आकर्षित भएका केरा किसान जसलाल यादवले बताए ।

एकदशकदेखि व्यावसायिक केराखेती गर्दै आएका इनरुवा–९ का किसान राजेश मेहताले पाँच विघामा उन्नत जातको केरामात्र लगाउने गरेको बताए ।

प्रतिबिघा क्षेत्रफलमा केराखेती गर्दा एक लाखभन्दा बढी आम्दानी हुने गरेको उनको भनाइ छ ।

यो पनि:

विराटनगरमा ५० करोडको लगानी गर्ने लक्ष्यसहित कृषि फर्म, पाँच हजार लिटर दूध उत्पादन गर्ने लक्ष्य

प्रकाशित समय: मङ्गलबार ११ माघ, २०७८, २२:०१:४२
भारतीय नागरिक १० किलो गाँजासहित पक्राउ
मङ्गलबार ३० ब‌ैशाख, २०८२
आन्दोलन शान्तिपूर्ण हुन्छ, भड्काउने काम नगर्नुहोस् : कमल थापा
मङ्गलबार ३० ब‌ैशाख, २०८२
नेपालमा सीए शिक्षामा अब नयाँ पाठ्यक्रम
मङ्गलबार ३० ब‌ैशाख, २०८२
कारागारलाई उद्योगग्रामका रूपमा स्थापित गर्नुपर्छ : गृहमन्त्री
मङ्गलबार ३० ब‌ैशाख, २०८२
विस्थापितलाई पुनर्स्थापना गर्न भूमि ऐन तत्काल चाहियो : एमाले सांसद तामाङ
मङ्गलबार ३० ब‌ैशाख, २०८२
पनौतीको बाढीमा परेर बेपत्ता महिलाको खोजी जारी
मङ्गलबार ३० ब‌ैशाख, २०८२
धुलिखेलको खड्पुमा घरभित्रै छिर्‍यो टिपर
मङ्गलबार ३० ब‌ैशाख, २०८२
रुस–युक्रेन वार्ता : ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
मङ्गलबार ३० ब‌ैशाख, २०८२
पाकिस्तानले आक्रमण गरेको भनिएको पञ्जाबको आदमपुर एयरबेसमा पुगे मोदी
मङ्गलबार ३० ब‌ैशाख, २०८२
गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति संसद्‌मा ध्यानाकर्षण
मङ्गलबार ३० ब‌ैशाख, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०